Logo

२०८३, आश्विन ९गते


images
images

सर्देवा खोलामा ०३६ यताकै ठूलो बाढी, चौधरी सिमेन्टका संरचनामा बाढी पस्यो

सर्देवा खोलामा ०३६ यताकै ठूलो बाढी, चौधरी सिमेन्टका संरचनामा बाढी पस्यो

images
  • सर्देवा खोलामा ०३६ यताकै ठूलो बाढी, चौधरी सिमेन्टका संरचनामा बाढी पस्यो
    फाइल फोटो : बाढी
    images
    images

    पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका सर्देवा हुँदै बग्ने 'सर्देवा खोला' मा गत चार दशक यताकै ठूलो बाढी आएको छ । लगातारको बर्षाका कारण खोलामा भीषण बाढी आएको हो । 

    images
    images
    images

    स्थानीयका अनुसार अहिले सर्देवा खोलामा आएको बाढि २०३६ साल पछिकै सबैभन्दा ठूलो बाढी हो । स्थानीय श्री भगवती माध्यमिक विद्यालयमा अध्यापरत शिक्षक तिलवीर घर्तीले आफ्नो जीवनकालमा सर्देवा खोलामा यति ठूलो बाढी आफूले नदेखेको बताए । सेतोमसीसंग कुरा गर्दै उनले भने - 'म यहि जन्मेर, हुर्केको हुँ, मैले आजसम्म सर्देवा खोला यसरी उर्लेको देखेको थिँएन ।'

    images
    images
    images

    पाल्पाकै रिब्दिकोट गाउँपालिकाको मुजुङ्ग फेदीमा मुख्य मुहान रहेको उक्त खोलामा अधेरी खोला, सर्दीखोला र राईबुढी खोला लगायतमा विभिन्न खोलाहरु समेत मिसिने गर्छन् । सर्देवा खोला सातमुरेमा पुगि पाल्पा र गुल्मीको सिमा नदि रिडि खोलामा मिसिन्छ । जुन केही किलोमीटरको बहाबपछी नै कालिगण्डकी नदिमा मिसिन पुग्छ । 

    images
    images
    images

    सर्देवा खोलाले कुनै बेला पाल्पा जिल्लाकै रामपुर पछिको ठूलो सर्देवा फाँट र आसपासका क्षेत्रहरू सिंचाई गर्थ्यो । उक्त खोलाकै कारण सर्देवा र आसपासका फाँटमा चैते र असारे गरि दुई बाली त धान नै फलाउँथें किसानहरु । तर, अहिले समय बदलिएको छ । हराभरा र सुन्दर सर्देवा फाँटको अधिकांश हिस्सा चौधरी ग्रुपले खरिद गरि सिमेन्ट फ्याक्ट्री संचालन गर्दैछ । 

    त्यतिमात्र होइन, निर्वाध बग्ने सर्देवा खोलालाई समेत चौधरी ग्रुपले नियन्त्रण गर्न सकिने जति प्रयास गरेको छ । सबै तिरबाट च्यापेर खोलाको बहाव क्षेत्रलाई संकुचित गरिएको छ । जसको स्थानीयले विरोध समेत गर्दै आएका छन । यद्यपि यतिबेला आएको बाढि चौधरी ग्रुपले खोसिदिएको आफ्नो बाटो खोज्दै सिजी सिमेन्टका निर्माणाधीन संरचना भित्रै यसरी घुसेको छ, यस्तो लाग्छ, आफ्नो बहाव क्षेत्रलाई संकुचित गरिदिने सिजी सिमेन्टसंग उसले बदला लिंदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।