Logo

२०८३, श्रावण ३०गते


images
images

चेपाङ बच्चाको पौष्टिक आहारमा पनि भ्रष्टाचार, मेरो पेटमा तेजाब हालेजस्तो भयो : सांसद् हरि ढकाल

चेपाङ बच्चाको पौष्टिक आहारमा पनि भ्रष्टाचार, मेरो पेटमा तेजाब हालेजस्तो भयो : सांसद् हरि ढकाल

images
  • चेपाङ बच्चाको पौष्टिक आहारमा पनि भ्रष्टाचार, मेरो पेटमा तेजाब हालेजस्तो भयो : सांसद् हरि ढकाल
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश, चितवन । चितवन क्षेत्र नं १ का सांसद् हरि ढकालले विद्यालयमा दिइएको दिवा खाजामाथि प्रश्न उठाएका छन् । उनले यो विषय अति नै संवेदनशील भएको बताउँदै टिकटकमा सार्वजनिक एउटा पेटको चारो काट्नु भनेको अपराध हैन ? भनी उपस्थित शिक्षक र जनप्रतिनिधिलाई प्रश्न गरेका छन् । चैत २ गते आफू राप्ती—१३ को कालिटारस्थित विद्यालयमा पुग्दा खाजा खाने समयमा पुगेको र उक्त दृश्य देख्दा अचम्मित बनेको सांसद् ढकाल बताउँछन् ।

    images
    images
    images

    सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँबराबरको खाजा खाने रकम दिने गरेको छ । बालबालिकालाई विद्यालयमा नियमित गराउनका लागि सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । ‘तीन दिनदेखि चिउरा खाएका रहेछन् त्यो पनि धेरै छैन भएको पनि भाँडामा दिइएको पाइएन, बच्चाले कसरी राम्ररी खान सक्छन्’, उनले भने ।

    images
    images
    images

    यस विषयमा उनले तत्कालै राप्ती—१३ का वडाध्यक्षसँग जानकारी मागेका थिए । यस विषयम राप्ती नगरपालिकामा पनि कुरा गर्ने सांसद् ढकालले बताए । ‘विद्यार्थीका लागि दिवा खाजा राष्ट्रिय कार्यक्रम भएकाले संसदमा पनि कुरा उठाउछुँ’, सांसद् ढकालले भने, ‘बच्चाका लागि दिइएको पौष्टिक आहारमा पनि भ्रष्टाचार हुनु लाजमर्दो विषय हो ।’

    images
    images
    images

    ‘चेपाङ बच्चाको पौष्टिक आहारमा पनि भ्रष्टाचार, मेरो पेटमा तेजाब हालेजस्तो भयो, एक फ्वाँक चिउरालाई १५ रुपैयाँ पर्छ ?’ सांसद् ढकालले बोलेका छन् । अति नै भएको देखेपछि आफूले साथमा वडाध्यक्षलाई पनि लिएर भण्डारा झरेको उनले बताए । भण्डाराबाट मोटरबाट ५ घन्टाको यात्रामा कालिटार पुग्न सकिन्छ ।

    कहिलेकाहीँ जाउलो, चाउचाउ पकाएर, बिस्कुट दिने गरेको विद्यालयका शिक्षकहरुले जवाफ फर्काएका छन् ।  ‘भुजा र चिउरा दिइएको रहेछ, कसैले हातमा, कपीमा, कसैले सर्टमा पोको पारेर खाएका थिए,’ उनले भने । विद्यार्थीले पौष्टिक आहारको रूपमा पाएको खाजाको परिकार र मात्रा देखेर आफू पनि छक्क परेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।