Logo

२०८३, आश्विन ११गते


images
images

स्ववियु निर्वाचन: रुपन्देहीमा नेविसंघले खाता खोल्यो, छपिया जनता कलेजमा प्यानलै विजयी

स्ववियु निर्वाचन: रुपन्देहीमा नेविसंघले खाता खोल्यो, छपिया जनता कलेजमा प्यानलै विजयी

images
  • स्ववियु निर्वाचन: रुपन्देहीमा नेविसंघले खाता खोल्यो, छपिया जनता कलेजमा प्यानलै विजयी
    images
    images

    रुपन्देही । रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

    images
    images
    images

    आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार स्ववियु सभापतिमा नेविसंघका अभिषेककुमार यादव निर्वाचित भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेनिकट अनेरास्ववियुकी पुष्पा यादवले ५१ मत मात्रै प्राप्त गरिन् । 

    images
    images
    images

    त्यस्तै, सचिवमा मुकेश नाउँ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन् । यसैगरी, निराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष जैसवाल सदस्यमा निर्वाचित भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिए । स्ववियु निर्वाचनमा यो क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भए पनि १६६ मत खसेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्ववियु निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।