Logo

२०८३, श्रावण ३०गते


images
images

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : राष्ट्रपति पौडेल

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : राष्ट्रपति पौडेल

images
  • मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा : राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । 

    images
    images
    images

     मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । ‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनै पर्छ’ राष्ट्रपति पौडेलले भने ।

    images
    images
    images

     नेपालका निर्माण व्यवसायीहरूको समस्याहरूबारे आफू जानकार रहेको स्पष्ट पार्दै राष्ट्रपति पौडेलले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीहरूलाई सुझाव दिए । 

    images
    images
    images

     नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानुनको अभावमा विगतमा व्यवसायीहरूले धेरै झमेला सामना गर्नु परेको बताए । सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिए ।  पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए । 

    महासंघ प्रतिनिमिण्डलमा अध्यक्ष सिंहका साथ महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की,जयराम लामिछाने, विरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), उपाध्यक्षद्वय रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्य समिति सदस्य सुशील कुमार श्रेष्ठ, कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक निर्मल अर्याल रहेका थिए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।