Logo

२०८३, आश्विन ९गते


images
images

मिटरब्याजीमाथि कारबाही गर्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजीमाथि कारबाही गर्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

images
  • मिटरब्याजीमाथि कारबाही गर्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय
    images
    images

    काठमाडौँ । सरकारले मिटरब्याजीमाथि कारबाही गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । 

    images
    images
    images

    मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मिटरब्याजीमाथि कारबाही गर्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको हो । बैठकले मिटरब्याज सम्बन्धमा मुलुकी अपराध संहितामा समावेश गर्ने गरी कानुन संशोधनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    images
    images
    images

    मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन गरिनेछ । मिटरब्याज पीडितहरू केही दिनदेखि काठमाडौं आएर आन्दोलन गरिरहेका छन् । 

    images
    images
    images

    मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता गर्न यसअघि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । उक्त समितिमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा सदस्य छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।