Logo

२०८३, श्रावण ३०गते


images
images

सभ्यता जोगाउन सके लिपुलेक, लिम्पियाधुरा पनि जोगाउन सकिन्छः बालेन शाह

सभ्यता जोगाउन सके लिपुलेक, लिम्पियाधुरा पनि जोगाउन सकिन्छः बालेन शाह

images
  • सभ्यता जोगाउन सके लिपुलेक, लिम्पियाधुरा पनि जोगाउन सकिन्छः बालेन शाह
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले भएका सभ्यताहरूको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केन्द्रको सरकार नटिक्दा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए । उनले काठमाडौं महानगरले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए ।

    images
    images
    images

    उनले पहिला भएका सम्पत्ति र सभ्यता जोगाउन सके लिपुलेक र लिम्पियाधुरा जोगाउन सकिने बताए । ‘केन्द्रको सरकार नटिक्दा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरै कुरा जोडिएको छ । बागमती सभ्यता जोगाउन खोज्दैछौँ । यो मान्छेभन्दा अघिको सभ्यता हो । पहिला भएका सम्पत्ति जोगाऔँ, त्यसपछि लिपुलेक र लिम्पियाधुरा पनि जोगाउला,’ उनले भने । 

    images
    images
    images

    मेयर शाहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभई पालिकापालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । उनले न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    मेयर शाहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभूति जनतालाई दिन सक्नुपर्ने बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।