Logo

२०८३, श्रावण ३१गते


images
images

सौर्य एयरलाइन्सले चैत १९ देखि पोखरामा दैनिक चार उडान गर्ने

सौर्य एयरलाइन्सले चैत १९ देखि पोखरामा दैनिक चार उडान गर्ने

images
  • सेतोमसी सहकर्मी
  • सौर्य एयरलाइन्सले चैत १९ देखि पोखरामा दैनिक चार उडान गर्ने
    images
    images

    राजेश  पराजुली, पोखरा। सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ।हाल २ वटा उडान गर्दै आएको सौर्यले चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८:३० बजे र ९:३५ तथा दिउँसो २:४० र ३:३० मा उडान गर्ने तालिका तयार भएको जानकारी उनले दिए ।

    images
    images
    images

    जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको कम्पनीले जनाएको छ। जेट विमानबाट पोखरामा २० मिनेटमै पुग्न सकिनेछ भने हाल पोखराको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ।
    सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा मात्र उडान गर्दै आएको छ । धनगढी र भैरहवाको उडान केही समयका लागि स्थगन गरिएको समेत कम्पनीले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सौर्य एयरलाइन्स
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।