Logo

२०८३, श्रावण ३०गते


images
images

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

images
  • सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति
    images
    images

    काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ।शनिबार उनीहरूबीच पाँच बुँदे सहमति भएको हो। जसअनुसार मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको मिति २०७९/०५/२७ को प्रतिवेदनमा उल्लिखित सिफारिसहरू शीघ्र एवं प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ।

    images
    images
    images


    त्यस्तै मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च व्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषणसमेत गर्ने गरेको गुनासो रहेकोले मिटरव्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भएपश्चात बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ।

    images
    images
    images


    मिटरब्याज पीडितका नियमित रुपमा आउने उजुरी/गुनासोलाई सम्बोधनको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरव्याज पीडितको प्रतिनिधि समेत रहने गरी जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने । उक्त समितिले बुँदा नं. २ बमोजिम गठन हुने आयोगको कामलाई सहयोग र सहजीकरण गर्ने, पीडितबाट उजुरी तथा गुनासो संकलन गर्ने, प्रमाण जुटाउन सहयोग गर्ने, निःशुल्क कानूनी सहायता तथा सचेतनाको लागि सहजीकरण गर्ने सहमतिमा पत्रमा उल्लेख छ।

    images
    images
    images


    त्यस्तै अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी कार्यलाई कसूर कायम गर्ने गरी सम्बन्धित कानूनमा संशोधन प्रक्रिया अगाडि बढेकोले उक्त संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पुऱ्याउन नेपाल सरकारलाई अनुरोध गर्ने र बुँदा नं. २ बमोजिमको आयोग गठनको निर्णय भएसँगै मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने सहमति भएको छ। 


    वार्तामा सरकारका तर्फबाट सहसचिव प्रदीप कुमार कोइराला संयोजक र सदस्यमा उपसचिव उमाकान्त अधिकारी, दिल कुमार तामाङ र प्रहरी उपरीक्षक दिनेश राज मैनाली रहेका थिए भने संघर्ष समितिको तर्फबाट मनोज पासमान, श्याम कुमारी चौधरी, संघर्ष दाहाल, रामरिझन यादव र छेदीलाल पासमान रहेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिटरब्याज पीडित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।