चैत २५, बुटवल - नेपाल पत्रकार महासंघको आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको नेतृत्व चयन गर्न देशै भर एकै साथ निर्वाचन हुंन लागेको हो ।
देश भरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार १२२ सदस्यले मतदान गर्ने ब्यबस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
आगामी तीन वर्षको लागि चुनिने नयाँ नेतृत्वको निम्ति मूलतः दुई पक्षबीच प्रतिस्पर्धा देखिएको छ । कतिपय जिल्लामा स्थानीय आवश्यकताको सिद्धान्तमा छुट्टै गठबन्धन र उम्मेदवारलाई समर्थन गरेको समेत देखिएको छ ।
महासंघको नेतृत्वका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ । मतदान विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology