Logo

२०८३, आश्विन ९गते


images
images

पत्रकार महासंघ रुपन्देहीमा पोखरेल - परियार नेतृत्वको लोकतान्त्रिक प्यानलको जीत

पत्रकार महासंघ रुपन्देहीमा पोखरेल - परियार नेतृत्वको लोकतान्त्रिक प्यानलको जीत

images
  • सेतोमसी सहकर्मी
  • पत्रकार महासंघ रुपन्देहीमा पोखरेल - परियार नेतृत्वको लोकतान्त्रिक प्यानलको जीत
    images
    images

    बुटवल । पत्रकार महासंघ रुपन्देहीमा प्रेस यूनियन नेपाल, प्रेस संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघ नेपालको लोकतान्त्रिक प्यानल विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको हो ।

    images
    images
    images

     निर्वाचनमा प्रेस चौतारीका दिनेश पाण्डे नेतृत्वका अधिकांश उम्मेदवार पराजित भएका छन । आगामी तीन वर्षका लागि भएको महासंघको नेतृत्वको लागि लोकतान्त्रिक प्यानलका रामराज पोखरेल १६३ मत सहित विजयी हुँदा उनका प्रत्यासी प्रेस चौतारीका दिनेश पाण्डेले भने मात्र १२० मत प्राप्त गरे ।

    images
    images
    images

    त्यस्तै उपाध्यक्षतर्फ पनि लोकतान्त्रिक प्यानलकै विश्वास ढकाल विजयी भएका छन् । उनले १९४ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी हेम बहादुर पछाईले १०० मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षतर्फ पाण्डे प्यानलको अमृता अनमोल विजयी भएकी छन् । उनले १४९ मत प्राप्त गरेकी छन् । उनकी प्रत्यासी सन्जु पौडेलले १४८ मत प्राप्त गरेकी छन् । 

    images
    images
    images

    त्यसैगरी सचिव पदमा बलिया मानिएका उम्मेदवार विनोद परियार विजयी भएका छन् । परियारले १८५ मत प्राप्त गर्दा उनका प्रत्यासी लक्ष्मण पोखरेलले मात्र ११० मत प्राप्त गरे ।

    त्यसैगरी लोकतान्त्रिक प्यानलकै सञ्जय सौगात कोषाध्यक्षमा विजयी भएका छन् । उनले १५२ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी स्वस्तिक श्रेष्ठलाई पराजित गर्दै उनी विजयी भएका हुन् । श्रेष्ठले १४६ मत प्राप्त गरेका छन् ।

    सहसचिवमा पनि लोकतान्त्रिक प्यानलकै विरेन्द्र कुँवर विजयी भएका छन् । कुँवरले १६७ मत प्राप्त गर्दा प्रत्यासी केशव भण्डारीले १२२ मतमा चित्त बुझाएका छन् । समावेशी महिला सह–सचिवमा लोकतान्त्रिक प्यानलकै माया केसी विजयी भएकी छन् । उनले १८५ मत प्राप्त गर्दा साझा प्यानलका गोबिन्द्र घर्तीले १०८ मत प्राप्त गरे ।

    यस्तै खुल्ला सदस्यमा लोकतान्त्रीक प्यानलकै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोतिराम न्यौपाने, प्रकाश पाण्डे, पुनहरि बेल्वासे, शंकरप्रसाद पाण्डे, महिला सदस्यमा लोकतान्त्रीक प्यानलकी हरिकला अधिकारी, जनजाती सदस्यामा पनि लोकतान्त्रिककै राज चौधरी, मधेसी, अल्पसंख्यक र दलित सदस्य तर्फ क्रमशः लोकतान्त्रीकै राधेश्याम विश्वकर्मा,सलमान खान र टकं सुनार विजयी भएका छन् । खुल्ला सदस्यमा पाण्डे प्यानलका प्रकाश आचार्य मात्रै निर्वाचित भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पत्रकार चुनाव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।