Logo

२०८३, श्रावण ३०गते


images
images

विकास र समृद्धिको एजेन्डा पूरा नगरि भाग्ने छुट छैन: जनार्दन शर्मा

विकास र समृद्धिको एजेन्डा पूरा नगरि भाग्ने छुट छैन: जनार्दन शर्मा

images
  • विकास र समृद्धिको एजेन्डा पूरा नगरि भाग्ने छुट छैन: जनार्दन शर्मा
    images
    images

    बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्वअर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार सामू संविधान कार्यान्वयन गरेर जनताको आकाक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन । प्रेस सेन्टर रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान एंव क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन । 

    images
    images
    images

    उनले सबै राजनीतिक दलहरुविच मुद्धाहरुमा सहमती गरेर संविधानको मर्म र भावना अनुसार अगाडि बढनुपर्ने पक्षमा रहेको बताए । तर, उनले संविधान रक्षाकै लागि वर्तमान गठबन्धन बनेको बताउँदै सरकारले नागरिकको अपेक्षा अनुसार संविधान कार्यान्वयन गर्नुपर्ने बताए ।

    images
    images
    images

    पूर्वअर्थ र गृहमन्त्री समेत रहेका शर्माले सरकारले न्यूनतम साझा कार्यक्रममा समेत नागरिकको अपेक्षा अनुसार विकास र समृद्धिको मुद्धालाई कार्यान्वयन गर्ने बताए । ‘संविधानको रक्षा गर्दै शान्तिप्रक्रियाका कामहरु अगाडि बढाउनुपर्नेछ’ उनले भने । उनले नागरिकमा विकास र समृद्धिको चाहना पूरा नभएकै कारण नेताहरुप्रती प्रश्नहरु आइरहेको बताउँदै नयाँ वर्ष २०८० लाई अवसरका रुपमा वर्तमान सरकार र दलहरुले लिनुपर्ने बताए । ‘विकास र समृद्धिको ऐजेन्डा पूरा नगरि भाग्ने छुट हामीलाई छैन’ उनले भने ।

    images
    images
    images

    उनले सामाजिक रुपान्तरण, सामाजिक न्याय, विकास, सुशासन र आर्थिक विकास सम्बोधन गर्दै संविधान कार्यान्वयन नै अहिलेको सरकारको प्राथमिकतामा रहेको बताए । अहिले मूलूकमा देखिएको आर्थिक संकटसँग जुध्न उत्पादनलाई जोड दिनुपर्ने बताए ।

    राष्ट्रिय अन्र्तराष्ट्रिय मुद्धामा भन्दा पनि अब सिंगो देश र जनतालाई उत्पादनसँग जोडेर अगाडि बढुनुको विकल्प नभएको पूर्वअर्थमन्त्री शर्माको भनाई छ । ‘के कारणले अर्थतन्त्र कमजोर भयो भन्ने कुरा सबैलाई छर्लङ भइसकेको बिषय हो’ शर्माले भने –‘अब उत्पादनसँग जनतालाई जोड्ने गरि योजना लागू गर्नुपर्छ ।’

    उनले देशको आर्थिक संकट समाधानका लागि मल कारखाना उत्पादन गर्नुपर्नेमा जोड दिए । नेता शर्माले आफुहरु प्रेस स्वतन्त्रताप्रती प्रतिबद्ध रहेको बताए । उनले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै गर्दा श्रमजिवि पत्रकारहरुको पेशागत हकलाई समेत सुनिश्चित गर्नेतर्फ पत्रकारहरुको ध्यान जानुपर्ने बताए ।

    कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, रुपन्देही अध्यक्ष रामराज पोखरेल, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, वरिष्ठ पत्रकार मदनलाल पौडेल, गुरुदत्त ज्ञवाली लगायतले बोल्दै राजनितिक नेतृत्वले प्रेस स्वतन्त्रता र जनतन्त्र एवं जनजीविकाका पक्षमा काम गर्नुपर्ने बताएका थिए । 

    प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अम्बिका परियारको स्वागत तथा सचिव रमेश गैरेको संचालन रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।