रुपन्देही । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले पार्टी एकताका वाँकी कार्य टुङ्याउने भएको छ । बुधबार बुटवलमा बसेको पुर्व समाजवादी पार्टी र पुर्व राजपाको संयुक्त बैठकले एकता प्रक्रियामा बाँकी रहेका विषय मिलाउनका लागि कार्यदल गठन गरि काम अघि बढाउने भएको हो ।
लुम्बिनी प्रदेशका सबै जिल्लामा पार्टी समायोजनका कार्यहरू सम्पन्न गर्न पुर्व समाजवादी पार्टी र पुर्व राष्ट्रीय जनता पार्टीका ३-३ जना रहने गरि ६ सदस्यीय कार्यदल बनाईएको छ । पार्टीका केन्द्रीय सदस्य गोविन्द चौधरी थारूको संयोजकत्वमा गठित कार्यदलमा पार्टी केन्द्रिय सदस्यहरू अशोक यादव, यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान, कमल खनाल र उपाशंकर यादव सदस्य रहेका छन् ।
सेतोमसीसंग कुरा गर्दै समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव समेत रहेका कार्यदल सदस्य यज्ञ पोखरेलले दुबै पुर्व पार्टीको सहभागीतामा बैठक बसिएको र एक महिनाभित्र लुम्बिनी प्रदेशका १२ वटै जिल्ला र त्यसमातहतका सबै समितिहरुमा एकता प्रक्रियालाई टुङ्याईने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology