Logo

२०८३, श्रावण ३०गते


images
images

कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसमा अग्रजलाई सम्मान 

कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसमा अग्रजलाई सम्मान 

images
  • कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसमा अग्रजलाई सम्मान 
    images
    images

    विनोद खनाल, बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ औं बर्ष पुगेको अवसर कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सोमबार बुटवलमा एक कार्यक्रम गरि पार्टीले उहाँहरुलाई सम्मान गरेको हो । 

    images
    images
    images

     सम्मानित हुनेमा वरिष्ठ लेखक, साहित्यकार तथा अधिवक्ता दिल साहनी, बामपंथी नेता तथा पुर्ब सांसद रामचन्द्र भट्टराई, बामपन्थी अग्रज नेताहरु पुर्ण बहादुर थापा र ज्योतिलाल बि क रहेका छन् । 

    images
    images
    images

    उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज वसन्त सी ( प्रज्वलन ) ले  कम्युनिस्ट पार्टी स्थापना गरि अगाडि बढाउने पुष्पलाल लगायत सबै नेताहरू प्रती उच्च संमान प्रकट गरे  । 

    images
    images
    images

    कम्युनिस्ट आन्दोलन हुदै जनयुद्धसम्म आइपुग्दा र अहिलेसम्म निरन्तर रुपमा कम्युनिस्ट पार्टी , आन्दोलन र विचारको रक्षा गर्न  अग्रजहरुले पुराएको योगदानलाई नबिर्सने बताउंदै प्रज्ज्वलनले क्रान्तिकारी शक्तिहरु अहिलेको आवश्यकता र परिस्थिति अनुसार अगाडि बढनु पर्नेमा जोड दिए ।

     नेता प्रज्जवलनले सम्मानित दिल सहानी, रामचन्द्र भट्टराई, ज्योतीलाल बि क, पुर्ण बहादुर थापा लगाएतले कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र योगदानबारे प्रकाश पारेका थिए ।

    यसैगरी उक्त सम्मान कार्यक्रममा सम्मानित अग्रज साहित्यकार तथा अधिवक्ता दिल सहानीले आँफु सधैंभरि क्रान्तिको पक्षमा निरन्तर कलम चलाइरहने बताए ।क्रान्तिको पक्षमा सडकमा एक पछि अर्को पार्टी रहिरहनु सुखद पक्ष भएको उल्लेख गर्दै उनले  क्रान्तिकारीहरुको एकता आजको आवश्यकता भएको बताए  ।

    यस्तै कार्यक्रममा पुर्ब सांसद रामचन्द्र भट्टराई, सल्लाहकार ज्योतिलाल बि क, थारु मुक्तिमोर्चा अध्यक्ष नवीन थारु, जया पौडेल  लगाएतले सम्बोधन गरेका थिए । 

     कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी   बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।