राजेश पराजुली, पोखरा । पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ प्रुन्धुमा भालुले आक्रमण गर्दा गुञ्जबहादुर थापामगर घाइते भएका छन् ।
आज घाँस काट्न जंगल जाने क्रममा ५९ वर्षीय थापामगरलाई भालुले आक्रमण गर्दा घाइते भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।
घाइते थापामगरको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए । घाइते थापामगरको टाउको, अनुहार, हात र गुप्ताङ वरिपरि चोट लागेको छ ।
भालुले आक्रमण गरेर घाइते बनाएको अवस्थामा स्थानीय शुसिल क्षेत्रीले देखेपछि जंगलबाट गाउँसम्म उद्धार गरेर ल्याएपछि उपचारका लागि पोखराको ल्याइएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology