Logo

२०८३, आश्विन ९गते


images
images

मालारानीकाे जंगलमा दुई दिनदेखी भीषण आगलागी

मालारानीकाे जंगलमा दुई दिनदेखी भीषण आगलागी

images
  • सेतोमसी सहकर्मी
  • मालारानीकाे जंगलमा दुई दिनदेखी भीषण आगलागी
    images
    images

    दिपेन्द्र खत्री, २५ चैत्र, अर्घाखाँची ।अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नं. २ र ३ काे जङ्गलमा आगलागी भएको छ । दुईदिन देखि वन र खरेनमा आगलागी भएको हो ।

    images
    images
    images

    जंगलमा मंगलबार देखि आगलागी भएको थियो । स्थानीयवासी र सुरक्षाकर्मीले निभाएको भएपनि फेरि अाज आगलागी भएदेखी इलाका प्रहरी कार्यालय खनहले जनाएको छ।

    images
    images
    images

    भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भए पनि अहिले अागाे नियन्त्रणमा अाएकाे  प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयाे ।

    images
    images
    images

    मानव बस्ती नजिकैको दूरीमा आगलागी भएको थियाे । अागाेबाट उक्त स्थानका २४ वटा घरसम्म जाेखिम रहेका थिए । तर सबैकाे पहलमा अहिले जाेखिम मुक्त रहेकाे उहाँले बताउनुभयो ।

     स्थानीयवासी, नेपाल प्रहरी, जनप्रतिनिधि ,शिक्षक लगायत स्मार्ट युवा क्लबकाे टोली आगो निभाउन खटिएको मालारानी गाउँपालिका वडा नः३ का वडा सदस्य शाेभाखर खनालले जानकारी दिनुभयाे । उक्त भेगकाे अनुमानीत १५० राेपनी जमिनमा अागाे लागेकाे उहाले बताउनुभयो ।

    यसभन्दा अघि उक्त भेगकाे जङ्गलमा यस्ताे किसिमले   आगलागी नभएको स्थानीय भागिरत खनालले बताउनुभयो अागाे नियन्त्रण काे लागि लागिरहेका स्थानीय एक जना व्यक्ति घाइते सम्म भएका छन्।  आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन,उहाले भन्नू भयाे कस्ले जङ्गलमा आगो लगाइरहेको छ भन्ने खुलेको छैन। आगलागीका कारण वनमा रहेका जडिबुटी, वन्यजन्तु, काठ लगायत जनावरको विनाश भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।