सानैदेखि छोराछोरीलाई आमा बुवाले राम्रोसँग पढिनस भने हली बन्ने छस, गाईभैसीँको गोबर फाल्नेछस, लेवर बन्नेछस, ड्राईभर बन्नेछस् भन्ने डर देखाउने र ति पेशाप्रतिको घृणा प्रकट गर्नाले उनीहरुमा श्रमिक प्रतिको सम्मान हराउनेछ। पढे लेखेकाहरु अर्थात शिक्षितहरु श्रमिक हुनुहुदैन र उनीहरुले श्रम गरेर पसिना बगाउनु हुदैन भन्नु गलत मानसिकता जब सम्म नेपालीको मानसपटलबाट हराउदैन, तब सम्म हाम्रो परिस्थितिमा कुनै परिवर्तन आउदैन ।
एक भनाई छ – “बोत्तल खाली गर्नेहरुले आफ्नै जीवन र धन सम्पितलाई खाली गरे। तर खाली बोत्तल उठाउनेहरु आफ्नो जीवन सुखी र समृद्ध बनाए”
श्रम सुखी र खुशी जीवनको श्रोत हो, समृद्ध राष्ट्रको पहिचान हो । सपनालाई विपनामा रुपान्तरण गर्ने आधार हो-श्रम ।
श्रमिकहरु राष्ट्रनिर्माणका संबाहक हुन। आज श्रम गर्नेहरु झुपडीमा छन् । तिनैलाई श्रम गराउनेहरु महलमा छन् । श्रम गर्नेहरुसँग थोत्रो साइकल छ, श्रम गराउनेहरुसँग चिल्ला गाडी छन् । श्रम गर्नेहरुलाई विहान बेलुकाको छाक टार्न गाह«ो छ। श्रम गराउनेहरुलाई दैनिक रेष्टुरेन्टको पार्टीमा मनोरन्जनको व्यस्तता छ । श्रम गर्नेहरुलाई बालबालिकाहरुको पढाइ र भविष्य प्रति चिन्ता छ तर श्रम गराउनेहरुका बालबालिकाहरुलाई पढाई भन्दा मनोरन्जन र विलासिताका सामाग्रीहरु प्रति मोह र चासो छ । श्रम गर्नेहरुका भकारी रित्ता छन्, श्रम गर्नेहरु साहुको ऋणले थलिएका छन् । श्रम गराउनेहरु साहुमाहजन बनेका छन् । मजदुरका नेताहरु महलमा छन्, मँहगा गाडीमा छन् । जसले श्रम नै गर्दैनन, श्रमको महत्वनै बुझदैन तिनै नेताले श्रमिक अधिकारको चर्चा र भाषण गर्छन् ।,यो नै सच्चा श्रमिक प्रतिको व्यङ्ग्य र अपमान हो । यसै कारण मजदुर नेताहरु मालिक बनेका छन् भने मजदुरको जीवनस्तर दयनिय छ । तर यथार्थता के हो भन,े शिक्षाको सवालमा श्रम गर्नेहरु नै शिक्षामा उत्कृष्टता हासिल गरेका छन् । उनीहरुको स्वस्थ्य पनि राम्रो छ । उनीहरुमा इमान्दारिता कर्मशिलता, जीवननिर्वाह गर्ने साहस छ । त्यो नै महानता हो ।
एक विचार छ “शिक्षाले मात्र होइन मान्छे, महान् इच्छाले हुन्छ” लगन छ भने सफल हुन लगानी चाइदैन” । तसर्थ समृद्ध नेपालको परिकलपनालाई सार्थक रुप दिन सपना देखेर मात्र हुदैन, संकल्प लिएर मात्र हुदैन कुर्सिको आशन र प्रभावकारी भाषणले मात्र होइन। श्रम गर्नै पर्छ, पसीना बगाउनैपर्छ र श्रमलाई सम्मान गर्नैपर्छ । यो देशमा श्रम गर्नेहरुलाई सम्मान र उचित तलबमानको अभावले लाखौ उर्जाशिल युवाहरु विदेशी मरुभुमिलाई उर्भरभुमि र हरियाली बनाउन बाध्य छन् ।
सानैदेखि छोराछोरीलाई आमा बुवाले राम्रोसँग पढिनस भने हलि बन्ने छन्, गाईभैसीँको गोबर फाल्नेछस, लेवर बन्नेछस, ड्राईभर बन्नेछस् भन्ने डर देखाउने र ति पेशाप्रतिको घृणा प्रकट गर्नाले उनीहरुमा श्रमिक प्तिको सम्मान हराउने छ। पढे लेखेकाहरु अर्थात शिक्षितहरु श्रमिक हुनुहुदैन र उनीहरुले श्रम गरेर पसिना बगाउनु हुदैन भन्नु गलत मानसिकता जब सम्म नेपालीको मानसपटलबाट हराउदैन, तब सम्म हाम्रो परिस्थितिमा कुनै परिवर्तन आउदैन । गोबर फाल्ने व्यक्ति र फोहोर उठाउने व्यक्ति फोहोरी होइन, रक्सीको बोत्तल उठाउने व्यक्ति रक्सी खाने जति वेवारिसे र असभ्य पनि हुदैन, एक खलासी विना हाम्रो यात्रा सुरक्षित हुदैन, एक ड्राइभर विना हाम्रो गन्तव्य टुङ्गिदैन, एक कृषक विना होम्रा पेट भरिदैन, लेवर विना हाम्रो आवास बन्दैन तसर्थ हाम्रा बालबालिकालाई सानै देखि श्रम गर्ने बानी बसालौ ।
इतिहास साक्षि छ, श्रम गर्नेहरुले नै शिक्षा, ब्यापार, उधोग व्यवसाय हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरेका छन् । विनोद चौधरीलाई अरवपति बनाउने पनि श्रम हो, मुकेश अम्वानीलाई धनाढ्य बनाउने पनि परिश्रम नै हो र विलगेटलाई विश्व धनाढ्य बनाउने पनि लगलनशिलता नै हो ।
मानिसले सिर्जनाको उपहार एक जोडी हात पाएको छ । कर्मपथमा अविरल रुपमा अघि बढन एक जोडी पाउ पाएको छ। नित्य-निरन्तर नविन कुरा चिन्तन गर्न उर्वर मस्तिष्क पाएको छ । मानिसले प्राप्त गरेका यिनै र यस्तै अंगहरुलाई गतिशिल तुल्यालाएर अघि बढनुनै बास्तविक श्रमको सार्थकता र महत्व रहन्छ।
आज नेपाल श्रोत र साधनले भरिपूर्ण छ, प्राकृतिक सौन्दर्यको खानी नेपाल विश्वको एक मात्रै स्वतन्त्र र सार्वभौेम देश हो । तर हामी नेपाली पूर्ण रुपमा परनिर्भर छौ । विदेशीको तीनदिनको नाकाबन्दिले हाम्रा सम्पूर्ण पाइलाहरुमा अवरोध आउछ । चुलोमा आगो बल्दैन। गाडी गुडाउन इन्धन हुदैन तर बाहिरी आवरणमा हेर्दा विदेशी मरुभुमिमा रगत र पसिनालाई नगदसंग साटने हाम्रा उर्जाशिल युवाको कमाईमा परिश्रममा हाम्रा खुट्टामा डिङ्गो अमेरिकी जुत्ता हुन्छन्। हाम्रा सडकमा मारुती, पजेरा र टोयटाका कारहरु हुन्छन । हाम्रा अाँखामा बेलायती चस्मा, चाइनिज कलम, जापनिज घडी र बनारसी साडी हुन्छ्न् अर्थात परनिर्भताको पराकाष्टले गर्दा बाहिरी रुपमा हामी जति नै सम्पन्नशाली भएता पनि भित्रि रुपमा खोक्रीएका छौ । हामी सबै चिजमा भरिपूर्ण भएता पनि परिश्रम, जाँगर र उत्साहको अभावले थलिएका छौ । तसर्थ उठौ युवा, आम नेपाली, आफ्ना कुटा, कोदाला, नाङग्ला, कलम, श्रम उचालौ अनि समृद्धको यात्राको बाटो खन्न सुरु गरौ ।
बुवाको कमाइमा मात्र आश्रित छोराले कहिल्यै प्रगति गर्दैन् । दैनिक खर्चको लागि श्रीमानसग आश गर्ने श्रीमती सदैव पराधिन हुन्छिन्, अर्काले लेखेको र देखेको शब्द चोरेर भाषण गर्ने नेताको व्यक्तित्व र नेतृत्वमा निखारता आउदैन। भासण चर्को गर्ने आफुले कुनै कर्म नगरी महलमा बस्ने। हजारौं मजदुर गाँसबासको आशमा सडकमा सयौ माइल पैदल गर्दा तिनको मनमा मानवता देखिदैन। आफू बिना श्रम जनता शोषण गरेर लुटेर जम्मा गरेको अर्बौ रकमबाट मासु भुटेको तस्बिर सामाजिक संजालमा पोस्ट गर्ने नेता र नेतृत्वबाट सजग बनौ। त्यस्ता नेतालाई बहिस्कार गर्ने अभियान चलाउँ। आज जनता निराश हुनुको एक कारण श्रम गर्ने र गराउने बिचको भिन्नता हो। श्रमिकको लागि न योजना छ, न भिजन छ, न सम्मान र न संरक्षण छ । आफुले कर्म नगर्ने मान्छेलाई अरुले गरेको दुखको कुनै महत्व हुदैन।
अर्थात आफ्नै परिश्रम विनाको आशाले निरासा छाउँछ । परिश्रमीलाई अवसरले पछाउँछ । एटम बमले ध्वस्त पारेको जापान परिश्रमकै कारण आर्थिक माहाशक्तिका रुपमा उदाएको छ । युद्धले खण्डखण्ड भएको जर्मनी परिश्रमकै कारण विकासको चरम सिमामा पुग्यो । एक पटकको भुकम्पमा विदेशीले दिन चाहेको ऋण अस्विकार गर्दै आफ्नै परिश्रममा विश्वास गर्ने चीनले आर्थिक स्वालम्वनको अनुपम उदाहरण विश्वमाझ प्रस्तुत गरेको छ। आफ्नै परिश्रममा विश्वास गर्ने, आफ्नै श्रोतलाई परिचालन गर्ने व्यक्ति र राष्ट्र नै उन्नती र प्रगतिको सिडी चढेर विकासका शिखर आरोहण गर्न सक्दछ। तसर्थ बौद्धिक र शारिरीक श्रमको संयोजनबाट नै राष्ट्रले आशातित प्रगति हासिल गर्न सक्छ । श्रम नै मानव जीवन हो, श्रमविहिन जीवनको न त तर्क हुन्छ , नत अर्थ नै हुन्छ, नत मुल्य नै हुन्छ ।
विश्व श्रमिक दिवसमा श्रमिक मात्र होइन श्रमविहिन पनि एक जुट हुनुपर्छ, श्रमको महत्व र आवश्यकता मनन् गर्नुपर्छ र श्रमको लागि आवश्यक अवसरको खोजी गर्नुपर्छ । श्रम विहिन श्रमिकका नेताले श्रमिक दिवसमा श्रमिकहरुलाई भेला गराएर उनीहरुको हक र अधिकारको कुरा गर्नु, भाषण गर्नुको कुनै अर्थ हुदैन। किनकि नुन गुलियो छ, कि नुनिलो रङ्ग हेरेर होइन। खुर्सानी पिरो छ, कि तितो चाख्नै पर्छ। तसर्थ श्रमको महत्व बुझ्नलाई परिश्रम गनै पर्छ ।
लुटेर खान पल्केकाहरुबाट जनताले के नै आश गर्नु ? आज पुराना र ठुला पार्टी, तिनका नेता र नेतृत्व श्रमलाई शोषण गरि आर्जन गरेको रकम चाहे त्यो चन्दा होस, चाहे त्यो चुनावी सहयोग होस। यस्तै यस्तै नाममा अर्बौं रकममा बिलासी जीवन जिउँदै आज मजदुरलाई शुभकामना सन्देश दिन लाज लाग्नुपर्ने अनि मजदुरले पनि त्यो वर्गलाई आफ्नो नेता हैन शोषक सम्झनुपर्ने।
तर हामी मजदुर पनि कति स्वार्थी छौ, एकथाल मासुभात र केही सय पैसामा आफ्नो बिबेक बिक्री गर्छौ अनि पछुतो मान्छौ। तसर्थ अब एउटा अभियान चलाऔं। जो श्रम गर्दैन, जो बिना परिश्रम अपत्यारिलो बिलासी जीवन जीउछ, नेता बन्न खोज्छ, जनताबाट नै विभिन्न तरिकाले लुटेको पैसाले मोजमस्तीसहित सत्ता र शक्तिमा आउँछ। त्यस्ता नेता नेतृत्व र संस्थालाई बहिस्कार गरौ ।
लेखक डुम्रे (gdsoft.dumre@gmail.com) देवदह नगरपालिकाका प्रवक्ता तथा देवदह वडा नं ५ का अध्यक्ष हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology