Logo

२०८३, श्रावण ३०गते


images
images

२५६७औँ बुद्धजयन्ती

विशेष उत्सवसहित मनाइँदैछ लुम्बिनीमा बुद्धजयन्ती 

विशेष उत्सवसहित मनाइँदैछ लुम्बिनीमा बुद्धजयन्ती 

images
  • विशेष उत्सवसहित मनाइँदैछ लुम्बिनीमा बुद्धजयन्ती 
    images
    images

    लुम्बिनी । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा २५६७औँ बुद्धजयन्ती विशेष उत्सवका रूपमा मनाइँदै छ। लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीसहित बृहत् लुम्बिनी क्षेत्रमा विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइरहेको छ।

    images
    images
    images

    तीन दिनसम्म मनाइने बुद्ध जयन्तीका कार्यक्रमअन्तर्गत शुक्रबार बिहान मायादेवी मन्दिरमा पूर्णिमा पूजा गरिएको छ। भगवान् शाक्यमुनि बुद्धको जन्म ईपू ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट वैशाख शुक्लपूूर्णिमाका दिन भएको थियो। बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिनलाई अत्यन्तै महत्त्वपूर्ण दिनका रुपमा लिइने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बताए।

    images
    images
    images

    उनले भगवान् बुद्धका शान्ति, अहिंसा र करुणाको सन्देश विश्वले आत्मसात् गरेको बताए। कोषले कोरोना महामारीपछि उत्सवमय बुद्धजयन्ती उत्सवमय रूपमा मनाउन नपाएकाले यस वर्ष विशेष समारोह आयोजना गरिएको हो।

    images
    images
    images

    कोषले शुक्रबार बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८० मूल समारोहको आयोजना गरेको छ। बिहान पूर्णिमा पूजा गरिएको र ९ बजे बुद्धजयन्ती समारोह आयोजना गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए।

    औपचारिक समारोहअघि ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिनेछ। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्।

    समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने शाक्यले बताए।

    शुक्रबार नै बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामममा अस्तुधातु यात्रा निकालिनेछ। पण्डितपुरदेखि रामग्रामसम्म यात्रा गरी बुद्धजयन्ती विशेष समारोहको आयोजना गरिएको कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराईले बताए।

    रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले सम्बोधन गर्ने कार्यक्रम छ। रामग्राममा प्रधानमन्त्री प्रचण्डसमेत जाने कार्यक्रम छ। बुद्धको मावली देवदहमा वैशाख १९ गते बिहीबार बौद्ध ग्रन्थमा महत्त्वपूर्ण मानिने देवदह सुत्त र तीन बौद्ध नारी विभूति/परिचर्चा प्रवचन एवम् बुद्धजयन्ती दिवस समारोह गरिएको थियो।

    शनिबार मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीका रूपमा मायादेवी शोभायात्रा गरिने कोषले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।