Logo

२०८३, कार्तिक २५गते


images
images

देवदह नगरपालिकामा सर्वदलिय बैठक: सार्वजनिक जग्गामा भवन निर्माण प्रतिबन्ध !

देवदह नगरपालिकामा सर्वदलिय बैठक: सार्वजनिक जग्गामा भवन निर्माण प्रतिबन्ध !

images
  • देवदह नगरपालिकामा सर्वदलिय बैठक: सार्वजनिक जग्गामा भवन निर्माण प्रतिबन्ध !
    images

    देवदह । देवदह नगरपालिकाको संयोजनमा बसेको स्थानिय दलहरूको सर्वदलिय बैठकले सार्वजनिक जग्गामा भवन निर्माण  गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

    images
    images
    images

    बुधबार नगरप्रमुख, उप-प्रमुख सहितको सर्वदलिय बैठकले सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्ने र सार्वजनिक जग्गामा भवन निर्माण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। कुनै पनि सार्वजनिक ठाँउमा अनधिकृत रुपममा भवन लगायत कुनैपनी संरचना बनाउन प्रतिबन्ध गर्ने निर्णयमा सबै राजनीतिक दल र नगर पदाधिकारी सहमत भएको जनाईएको छ।

    images
    images
    images

    नगरपालिकाको हालसम्मको गतिविधि, बजेट कार्यान्वयनको अवस्था र देवदहका गौरवका आयोजनाका समस्या र समाधानबारे समेत छलफल गरिएको उक्त बैठकले नेपाल सरकार बस्ती विकास तथा शहरी भवन मापदण्ड अनुसार फरक नपर्ने गरि यसअघि नगरपालिकाले पारित गरेको निर्णय अनुसार न्युनतम  २० फुट बाटो २/२ फुट नाला सहितको मापदण्ड पालना गर्ने तथा कानुनी प्रकृया र स्थानीय जनताको भावनाअनुरूप स्वीकृत टेन्डर अनुसार कडा अनुगमनका साथ नदिजन्य पदार्थको ब्यवस्थापन गर्ने लगायतका निर्णय गरेको प्रवक्ता डुम्रेले बताए। 

    images
    images

    बैठकमा बोल्दै स्थानिय राजनीतिक दलका प्रतिनिधिहरूले आगामी दिनमा नगरपालिका दैनिक प्रशासनिक कार्य चुस्त दुरुस्त बनाउन, किसानमैत्री बजेट  ल्याउन, समयमै मलखाद बीउ-बिजन उपलब्ध गराउन, कोसेली घर संचालन गर्न, उजेरिको होम्स्टे संचालनलाई प्राथमिकता दिन, शैक्षिक गुणस्तर कायम गर्न, पर्यटन प्रवर्द्धन कार्यक्रम ल्याउन  सार्वजनिक जग्गा संरक्षण गर्न, चोरीपैठारी नियन्त्रण गर्न , अव्यवस्थित जग्गा नापिको कामलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको र  अव्यवस्थित  जग्गाको राजस्व घटाउन पहल गर्न अनुरोध गरेका थिए। 

    राजनीतिक दलका प्रतिनिधिको सुझावपछि आफ्नो भनाई राख्दै नगर प्रमुख धुर्ब प्रसाद खरेल र उप-प्रमुख विद्यालक्ष्मी गुरुङले सबै सुझाब सल्लाहलाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै नगरबासीको अपेक्षा र राजनीतिक दलहरूको सुझाबका आधारमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए। 

    बैठकमा नेपाली काङ्ग्रेसका बासुदेव रिमाल, गुनाखर भुर्तेल,  नेकपा एमालेका प्रकाश अर्याल, यम राना, नेकपा माओवादी केन्द्रका मोतिलाल ढकाल,  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम खत्री, चन्द्रकान्त न्यौपाने, राप्रपाका माधव रिमाल, नगर प्रबक्ता गणेश डुम्रे लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।