Logo

२०८३, श्रावण ३०गते


images
images

सार्वजनिक जग्गा संरक्षण

काठमाडौँ महानगरले फिर्ता ल्यायो २३ अर्बभन्दा बढी मूल्यको २०८ रोपनी सार्बजनिक जग्गा

काठमाडौँ महानगरले फिर्ता ल्यायो २३ अर्बभन्दा बढी मूल्यको २०८ रोपनी सार्बजनिक जग्गा

करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने लक्ष्य
images
  • काठमाडौँ महानगरले फिर्ता ल्यायो  २३ अर्बभन्दा बढी मूल्यको २०८ रोपनी सार्बजनिक जग्गा
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३ अर्ब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरेको छ ।

    images
    images
    images

    महानगरका प्रमुख बालेन शाहले २०८ रोपनी भन्दा बढी सार्बजनिक जग्गा फिर्ता ल्याएको जानकारी दिदै महानगरको लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने रहेको बताएका छन् ।  

    images
    images
    images

    बालेनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गर्दै सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने, र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिरहेको बताएका छन् ।

    images
    images
    images

    उनले त्यस अभियानअन्तर्गत हालसम्म करिब २३ अर्बभन्दा बढी मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सार्बजनिक उपयोग मै फिर्ता ल्याइएको छ भने फिर्ता गरिएका ती जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क,खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको उल्लेख गरेका छन् । साथै यसै क्रममा अतिक्रम भएका  केही खोला कोरिडोरहरू समेत हटाइएको उनले बताएका छन् ।

    सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ् अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीति आधारका रूपमा ग्रहण गर्दै, मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यन्वयन समिति गठन गरिएको समेत उनले बताएका छन् ।

    साथै बालेनले यस प्रतिवेदन बाहेक कुनै व्यक्ति, संघ–संस्था, गैर–सरकारी संस्था वा समूहले सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको जानकारी भएमा, महानगरको सहरी व्यवस्थापन विभागमा जानकारी  गराइदिन आग्रह समेत गरेका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।