बुटवल । बुटवलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरिएको छ । विपक्षी गठबन्धनमा रहेका ५ बिद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
विपक्षी गठबन्धनमा रहेका दलका भातृ संगठनहरु अखिल क्रान्तिकारी, नेपाल बिद्यार्थी संघ, अनेरास्वीयु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले सरकार अधिनायकवादी र स्वच्छाचारी भएकोले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य अनुप पोखरेलले बताए ।
बुटवलको बुटवल बहुमुखि क्याम्पस अगाडि पुत्लादहन गर्दागर्दै प्रहरीले धरपकड गरेको थियो । त्यस क्रममा बिद्यार्थीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको बिरुद्ध नारावाजी समेत गरेका थिए ।
बिद्यार्थी संगठनले आज बुधबार ७७ वटै जिल्लामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् भने भोली बिहिबार काठमाण्डौ उपत्यकामा पुत्ला दहन गर्ने कार्यक्रम रहेको संगठनले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology