Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम पूर्वानुमानः दिउँसोपख पहाडी भूभागमा वर्षा, पूर्वी तराईमा हावाहुरी

मौसम पूर्वानुमानः दिउँसोपख पहाडी भूभागमा वर्षा, पूर्वी तराईमा हावाहुरी

images
  • मौसम पूर्वानुमानः दिउँसोपख पहाडी भूभागमा वर्षा, पूर्वी तराईमा हावाहुरी
    images
    images

    काठमाडौं । देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    images
    images
    images

    अहिले बिहानपख देशभर आंशिक बदली रहेको वरिष्ठ मौसमविद् वरूण पौडेलले जानकारी दिए।

    images
    images
    images

    दिउँसोपख कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था नै देखिने उनले बताए।

    images
    images
    images

    बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहने उनले बताए।

    अपराह्नतिर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा हुने उनले बताए।

    कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशको केही स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको उनले बताए।

    राति देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया  सफा पूर्वानुमान गरिएको छ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि पौडेलले बताए

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।