Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

images
  • लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका  नवनियुक्त मन्त्रीहरूले  शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका  नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् ।

    images
    images
    images


    उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार शपथ ग्रहण  गराएका छन् । गुप्ता यसअघि  सामाजिक विकास मन्त्री र  अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए । यस्तै खनाललाई भने सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको हो । 

    images
    images
    images


    मुख्यमन्त्री चौधरीले विना विभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी तोकेका छन् । जसअनुसार विनाविभागीय मन्त्री धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।  यस्तै लोसपाका सन्तोषकुमार पाण्डेयलाई  आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • # शपथ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।