Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकी नागरिकता त्यागेकाे निस्साबारे रविले दिए तीनबुँदे स्पष्टीकरण

अमेरिकी नागरिकता त्यागेकाे निस्साबारे रविले दिए तीनबुँदे स्पष्टीकरण

images
  • अमेरिकी नागरिकता त्यागेकाे निस्साबारे रविले दिए तीनबुँदे स्पष्टीकरण
    images
    images

    काठमाडौं । नागरिकता र राहदानी प्रकरणमा अदालतमा फेरि मुद्दा खेप्नुपर्ने अवस्था आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले दिक्दारी व्यक्त गरेका छन् । उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेकाे बताउँदै भनेका छन्, 'मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।' 

    images
    images
    images

    उनले अमेरिकी नागरिकता त्यागेकाेबारे पनि स्पष्टीकरण दिएका छन् । 

    images
    images
    images

    तीनबुँदे स्पष्टीकरणमा रवि भन्छन् : 

    १) सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ ।

    images
    images
    images

    २) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन: कायम गराएको छु ।

    ३) अदालतले झिकाउनू भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ। टेलिभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।

    स्पष्टीकरणकाे अन्त्यमा रविले भनेका छन्– 

    घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।

    IMG_20230525_111158.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।