राहुल देव सापकोटा, देवदह। रुपन्देहीको देवदहमा मिस्टर एण्ड मिस देवदह हुनेभएको छ। सौन्दर्य सङ्ग सम्बन्धित सो प्रतियोगिता पि प्रोड्कस्न कम्पनीले गर्न लागेको हो ।
२९ बुँदे प्रशिक्षणको तालिका सार्वजनिक गर्दै लिटल, टिन र एडल्ट गरि तिनवटा उमेर समुहकाले सो प्रतियोगितामा सहभागी हुन सकिने पि प्रोडक्सनका संचालक प्रशान्त शाहले बताए। प्रशिक्षार्थीहरुको प्रशिक्षणमा कुनै पनि कमि नराख्ने उनको भनाइ छ।
असारको पहिलो हप्ताबाट सुरु हुने मिस्टर देवदह र मिस देवदह करिव एक महिना सम्म देवदहमा संचालन हुने मिस देवदहकी संयोजक सन्ध्या श्रेष्ठले बताइन । अहिले पनि देवदहका विभिन्न स्थानमा अडिसन चलिरहेको उनी बताउँछिन । आफुहरुले व्यक्ति भित्र रहेका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्नका लागि सो प्रतियोगिता राखिएको उनको भनाइ छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology