Logo

२०८३, श्रावण ३०गते


images
images

संचार विधेयकप्रति गुल्मीका पत्रकारहरुद्वारा ध्यानाकर्षण

संचार विधेयकप्रति गुल्मीका पत्रकारहरुद्वारा ध्यानाकर्षण

images
  • संचार विधेयकप्रति गुल्मीका पत्रकारहरुद्वारा ध्यानाकर्षण
    images
    images

    गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रति ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत महासंघले ज्ञापन पत्र बुझाएको हो । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि हालै पठाएको संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।

    images
    images
    images

    ‘यो विधेयकको उदेश्य प्रदेशभरीका सञ्चार माध्यमहरुको हकहितको रक्षा गर्ने र नियमन गर्ने हुनु पर्ने थियो’ अर्यालले भने, ‘तर यो विधेयकमा दण्डरिवाना देखि जेल सजायसम्मको प्रावधान राखिएको छ ।’ आजको व्यवस्था ल्याउनका लागि सञ्चार माध्यम र संचारकर्मीहरुले हिजो खेलेको भूमिका चटक्क विर्सिएर मिडिया र मिडियाकर्मीहरु माथि कानूनी दण्ड चलाउने सोच विधेयकमा प्रष्ट झल्किएको अर्यालले बताए । 

    images
    images
    images

    तत्काल विधेयक प्रदेश सभाबाट फिर्ता गरेर पुर्नलेखनको वातावरण मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए । मुख्यमन्त्री पोखरेलाई तत्काल सरोकारवालाहरुसँग छलफल गराएर संचारमैत्री विधेयक निर्माणको वातावरण बनाउन पनि आग्रह गरिएको कुँवरको भनाई छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई बोधार्थ गरिएको ज्ञापन पत्रमा प्रदेश सरकार यहि अवस्थामा अघि बढेमा थप आन्दोलनका कार्यक्रमहरु प्रदेशभरी नै संचालन गर्न बाध्य हुने चेतावनी दिन समेत दिइएको छ ।  received_3160052770880644.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।