Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्रको बैठकमा ग्रेटर नेपालको नक्सा

माओवादी केन्द्रको बैठकमा ग्रेटर नेपालको नक्सा

images
  • माओवादी केन्द्रको बैठकमा ग्रेटर नेपालको नक्सा
    images
    images

    रूपन्देही । रूपन्देहीको बुटवल नयाँ गाउँस्थित नयाँगाउँ पार्टी प्यालेसमा माओवादी कार्यकर्ताहरूको बाक्लो भिड छ। हल खचाखच भरिएको छ। चर्को गर्मी भएपनि हलमा एउटा मात्र एसी चलिरहेको छ, केहि पंख्या चलिरहेका छन्।  मन्चमा बसेका छन्, पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बराल, रुपन्देही जिल्ला संयोजक निर्मल जिसी लगायतका नेताहरू। अतिथिको पछाडीपट्टि जनवर्गीय संगठन र मोर्चाको संयुक्त बैठक तथा प्रशिक्षण लेखिएको व्यानर झुण्ड्याईएको छ।  माओवादी केन्द्रका यस प्रकारका कार्यक्रमहरूका व्यानरको छेउमा सधैजसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को फोटो राखिन्थ्यो। तर शनिबार दृश्य फरक देखियो । कार्यक्रमको व्यानरको छेउँमा प्रचण्डको फोटो होइन, ग्रेटर नेपालको नक्सा राखिएको छ। 

    images
    images
    images

    जिल्ला पार्टी संयोजक निर्मल जिसीलाई नक्साबारे जिज्ञासा राख्दा उनले आफ्नो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा लड्नकै लागि स्थापित भएकोले राष्ट्रियतासंग जोडिएको ग्रेटर नेपालको नक्सा सोहि अनुसार कार्यक्रमको मूल व्यानरको छेउमा टासिएको बताए। उनले भने, 'पार्टी अध्यक्ष कमरेड प्रचण्डले भारत भ्रमणको बेला समेत भारतीय पक्षलाई बडो प्रष्टसंग तपाईंहरूले सांस्कृतिक नक्साको नाममा नेपाली भूमिसमेत समेटिएको नक्सा प्रयोग गर्ने हो भने हामीले ग्रेटर नेपालको नक्सा प्रयोग किन नगर्ने भन्नु भएको छ। अध्यक्ष कमरेडको सोहि स्प्रिट अनुसार ग्रेटर नेपालको नक्सा प्रयोग गरिएको हो।' 

    images
    images
    images

    पार्टीको केन्द्रिय सर्कुलर अनुसार कार्यक्रमको व्यानरमा ग्रेटर नेपालको नक्सा प्रयोग गरिएको हो या तपाईंहरू आफैले यसरी प्रयोग गर्नुभयो भन्ने प्रश्नमा  संयोजक जिसीले 'प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्षको स्प्रिटमा जिल्ला पार्टीले साथ दिएको' भनेर बुझ्न अनुरोध गरे। 

    images
    images
    images

    पार्टीका २७ वटा जनवर्गीय संगठन र मोर्चाहरूका जिल्ला अध्यक्ष र अगुवा कार्यकर्ता सहभागी उक्त संयुक्त बैठकमा संगठनका प्रमुखहरूले जिल्लामा संगठनको अवस्था र आगामी योजनाबारे रिपोर्टिंग गरेका थिए। 

    संगठन र मोर्चाका प्रमुखहरूको रिपोर्टिंगपछि प्रशिक्षणात्मक मन्तब्य राख्दै पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टी अध्यक्षको नेतृत्वमा रहेको संघिय सरकारले हिजो लोडसेडीङ्गको अन्त्य गरेको र आज भ्रष्टाचारविरुद्ध महत्वपुर्ण कार्यको थालनी गरेको भन्दै सरकारले गरेको कामलाई जनतामाझ पुर्याउन जबस मोर्चाले भूमिका खेल्नुपर्ने बताएका थिए। बैठकमा सहभागी एक माओवादी अगुवा कार्यकर्ताका अनुसार अध्यक्ष बरालले एकातिर संघिय सरकारले जनताको अपेक्षा अनुसार काम गरिरहेको र अर्कोतर्फ समाजवादी धुर्विकरणको विषय समेत उठिरहेकोले कम्युनिष्टहरूको लागि यो महत्वपुर्ण समय रहेको चर्चा गरेका थिए। 

    बैठकले पार्टी नेतृत्वको सरकार र पार्टीले गरेका जनपक्षीय कामको प्रचार गर्ने, नियमित जनतामाझ जाने र जनताका समस्या समाधान गर्दै पार्टी जीवनलाई थप व्यवस्थित ढंगले जनतासंग जोड्ने लगायतका निर्णय गरेको पार्टी जिल्ला संयोजक निर्मल जिसीले जानकारी दिए। 

     

       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।