Logo

२०८३, श्रावण ३०गते


images
images

मुसिकाेट नगरपालिकालाई माओवादी केन्द्रको ज्ञापन पत्र 

मुसिकाेट नगरपालिकालाई माओवादी केन्द्रको ज्ञापन पत्र 

images
  • सेतोमसी सहकर्मी
  • मुसिकाेट नगरपालिकालाई माओवादी केन्द्रको ज्ञापन पत्र 
    images
    images

    लाेक प्रसाद छन्त्याल, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगर कमिटीले मुसिकोट नगरपालिकालाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको पुर्वार्धमा  नगरपालिकालाई सुझाव सहित ध्यानाकर्षण पत्र बुझाईएको माओवादी केन्द्रले जनाएको छ ।

    images
    images
    images

    सोमबार मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेललाई बुझाईएको ध्यानाकर्षण पत्रमा माओवादीकै सघंर्ष र बलिदानीकै कारण सिहंदरबारको अधिकार गाउँ गाउँमा पुगेको उल्लेख गरिएको छ । त्यस्तै माओवादी केन्द्र मुसिकोट नगर कमिटीको बैठकको निणर्य अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा प्रत्येक वडामा एक करोडका दरले बजेट विनियोजन गर्दै ठुला योजनालाई थप बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

    images
    images
    images

    ध्यानाकर्षण पत्रमा एकद्धार नीतिबाट सेवा प्रवाह गर्न, एक वडा एक प्राविधिकको व्यवस्था, योजना छनौट गर्दा रोजगारी सिर्जना हुने गरी गर्नुपर्ने, ५ लाख भन्दा माथिको योजना भुक्तानीको व्यवस्था वडा कार्यालयबाटै व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा आधारभूत तहसम्म अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्नुपर्ने, समयमै औषधीको उपलब्धता सहित ल्याव र विशेषज्ञ सहितको निःशुल्क घुम्टी शिविर सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

    images
    images
    images

    त्यस्तै उत्पादनमा आधारित अनुदानको व्यवस्था, उत्कृष्ट कृषक पुरस्कृत, अनुदानमा बीउ बिजन वितरण सहित कृषि औजार उत्पादन गर्ने आरन व्यवसायलाई समयानुकुल परिवर्तनका लागि पहल गर्नु पर्ने र सुशासन र भ्रष्ट्राचार मुक्त पालिका निर्माण गर्दै समृद्ध पालिका निर्माणमा जुट्नुपर्ने सुझाव माओवादी केन्द्रले राखेको छ ।

    लम्पी स्कीन रोगको रोकथाम, उन्नत नश्ल ब्रिढ प्रजनन सेवा, निशुल्क कृषि बिमा, नगरपालिका प्रवेश गर्ने विभिन्न स्थानमा शहित स्मृतीद्धार निर्माण, दलित विपन्न वर्गका लागि विशेष कोटा छुट्टाउनुपर्ने, नगरपालिकाको सुचना प्रविधिलाई चुस्त दुरुस्त बनाउनुपर्ने, नगरपालिका भित्र रहेका दुई मुख्य रिङरोड निर्माण र नगरभित्र रहेका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुलाई संरक्षण, संवद्र्धन गर्दै विकास गर्ने सुझाव माओवादी केन्द्रले नगरपालिका समक्ष राखेको छ ।

    ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेलले नगर कमिटीको बैठकबाट निणर्य भएका विषयवस्तुलाई समेटेर आगामी आर्थिक वर्षको नीति कार्यक्रमका लागि सुझाव सहित ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले सबैका साझा योजना समावेश भएकाले नगरपालिकाले यी योजनाहरु समावेश गरेर आगामी आर्थिक वर्षको नीति बनाउन आग्रह समेत गरे ।

    ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख जीवन खरेलले सुझावहरु सान्दर्भिक रहेको भन्दै समावेश गर्न सक्दो कोसिस गर्ने बताए ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसिकोट नगरकमिटी वरिष्ठ उपाध्यक्ष राजन सापकोटा डिलाराम, जिल्ला सदस्य दुर्गा खड्का, नगरसहसचिव चन्द्र रसाईली, वडा न ५ वडा कमिटी अध्यक्ष सूर्य सावत, ८ का अध्यक्ष नरबहादुर बि.क, ९ का अध्यक्ष हिम बहादुर बि.क, ७ का दुर्गा छिनाल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।