Logo

२०८३, श्रावण ३०गते


images
images

पर्यटन

अर्थतन्त्र सुधारको बलियो खम्बा पर्यटन

अर्थतन्त्र सुधारको बलियो खम्बा पर्यटन

images
  • अर्थतन्त्र सुधारको बलियो खम्बा पर्यटन
    images
    images

    सानो अर्थतन्त्र भएको हाम्रो देश नेपाल बिगत केहि समयदेखि अनौपचारिक आर्थिक मन्दीको दलदलमा छ। देशमा आर्थिक संकट निम्तिएपछि बजारमा पैसाको कारोबार कम हुन्छ वस्तुको मुल्य बृद्दी हुन्छ वस्तु र सेवाको उपलब्धता कम हुन्छ । हालका दिनहरुमा देशका नागरिकहरु वस्तु र सेवाको न्यून उपलब्धता, ब्यापार ब्याबसायमा आर्थिक गतिबिधि सुस्तता, दक्ष जनशक्ति पलायन, निर्यातको तुलनामा अत्याधिक आयात हुदै भुक्तानी सन्तुलन बिग्रदै जानु आर्थिक मन्दी हो।  कोरोना महामारी, लकडाउन, ठुला रास्ट्रहरुबिचको युद्द र प्रतिस्पर्धात्मक भावनाले गर्दा बिश्वमै आर्थिक मन्दीको अवस्था रहेको छ । बैंकिंग प्रणालीमा बिगत केहि समयदेखि तरलताको चरम समस्या रही रहेको छ । आर्थिक मन्दीले गर्दा ब्यापार, ब्याबसाय, उत्पादन उपभोग, शेयर बजार प्रतक्ष्य प्रभावित भएका छन् । 

    images
    images
    images

    आर्थिक मन्दीको अवस्था दिन प्रतिदिन सुधार हुदै गएको रास्ट्रबैंकका बिभिन्न तथ्यांकहरुले देखाएको छ अर्थतन्त्र सुधार हुने दिगो समाधान हुने उपाय बिभिन्न छन् ब्याजदर बृद्दी, अनुत्पादक क्षेत्र तथा बिलासिताका वस्तुहरुको कडाई, घर जग्गा कारोबारलाई थप कडाई गर्दै उत्पदानमुलक क्षेत्रमा कर्जा प्रबाह गर्नुपर्दछ । दिगो रुपमा देशलाई समृद्द गराउन अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा पर्यटन ब्याबसायलाई लिन सकिन्छ । स्वर्ग (जन्नत) को अर्को नाम नेपाल, मानिसहरूको आवश्यकता दुई प्रकारका हुन्छन् । आधारभूत जुन जीबनयापनका लागि नभई नहुने र अर्को अतिरिक्त आवश्यकता अर्थात गाँस बास, कपास पछाडीका इच्छाहरू जसमध्ये एउटा हो पर्यटन । मानिस एकै ठाउँमा सधैभरी बसिरहन भन्दा समय समयमा मनोरञ्जन, खोज अनुसन्धानका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने, त्यहाँका प्राकृतिक तथा मानव निर्मित सौन्दर्यको अवलोकन गर्ने, कला सांस्कृतिक, धार्मिक स्थलको जानकारी लिने कामलाई पर्यटककीय क्रियाकलाप भन्दछन् ।

    images
    images
    images

    पर्यटकलाई मध्यनजर गर्दै गरिने व्यवसाय वा उद्योगलाई पर्यटन व्यवसाय भनिन्छ। व्यापार मनोरञ्जन, वा रमाईलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । नेपालको राष्ट्रिय आयमा वृद्धि गर्नको लागि एउटा बलियो आधार पर्यटन पनि हो । पर्यटन दुई प्रकारका हुन्छन् । एउटा आन्तरिक, अर्को वाह्य । जो आफ्नै देश भित्र एक ठाउँबाट अर्को ठाउँमा घुमघाम गरी मनोजरञ्जन लिने उद्देश्यले यात्रा गर्दछन् त्यो आन्तरिक हो भने एउटा देशको मानिस अर्को देशमा घुमघामका लागि जान्छन् वा आउँछन् भने त्यसलाई वाह्य पर्यटन भनिन्छ ।

    images
    images
    images

    नेपालमा सन् १९५३ बाट व्यवसायिक रुपमा पर्यटन सुरु भएको भनिन्छ। सन् १९७२ मा पर्यटन गुरुयोजना निर्माण गरी योजनाबद्ध रूपमा पर्यटन विकास भएको यसको इतिहास छ । सन् १९८३ मा पर्या पर्यटनमा पनि जोड दिँदै पर्यटक भित्राउने व्यवसाय फष्टाउन थाल्यो । सरकारले धेरै पर्यटक भित्राउने उद्देश्यले सन् १९९८ मा नेपाल भ्रमण बर्ष आयोजना गर्यो । जसले गर्दा देशलाई राम्रो फाइदा पुग्यो । 

    त्यस्तै सन् २००२/०३ लाई गन्तव्य बर्ष, सन् २००७ लाई पोखरा भ्रमण बर्ष, सन् २०११ लाई नेपाल पर्यटन बर्ष, सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्षजस्ता आयोजना भए । समग्रमा करिव १५ लाख पर्यटक भित्राउने उद्देश्यकासाथ नेपाल भ्रमण बर्ष २०२० आयोजना गरेतापनि विश्वब्यापी महामारी कोरोनाले राम्रो संग संचालन हुन् दिएन  । 

    नेपाल स्वर्गको अर्को नाम नै भन्दा परक नपर्ला । विश्व सम्पदाको सूचीमा दश सम्पदा, शान्तिका दुत गौतम बुद्धको जन्मभूमी लुम्बिनी, विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा, ८००० मिटर भन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा हिमाल भएको देश, विश्व युद्धमा विर गोर्खालीको रूपमा चिनिएको देश, हिमाल, पहाड, तराईको भौगोलिक विभाजन भएको देश, सात प्रदेश ७७ जिल्ला भएको आफ्नै विशेषता बोकेको देश हो नेपाल ।

    उपयुक्त हावापानी, स्वच्छ, शान्त, सुन्दर नेपाल साँच्चै नै स्वर्गको उदाहरणको रूपमा लिन सकिन्छ । नेपालमा पर्यटकलाई आकर्षित गर्ने प्रमुख स्रोतहरू / क्षेत्रहरू प्राकृतिक दृश्याबलोकन, यात्रा, पद यात्रा, पर्वतारोहण, तीर्थयात्रा, बन्जी जम्पीङ्ग, आदि पर्दछन् । यी क्षेत्रहरूले पर्यटकलाई लोभ्याउँदै आएका छन् । पर्यटन व्यवसायलाई प्रथमिकता दिँदै विभिन्न नीति तथा योजनाहरू अवलम्बजन गर्दै अगाडी बढिरहेको छ । विभिन्न क्षेत्र, संघ संस्थाहरूले पनि पर्यटकलाई सहयोग गरिरहेका छन् । सन् २०२३-२०३३ लाई भ्रमण दशक, २०८०/८१ लाई नेपाल घुमौ नेपाल चिनौ अभियान लगायत सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्यलाई सफल पार्नको लागि हामीले पनि पर्यटकलाई स्वागत र सहयोग गर्न आकर्षित वातावण सृजना गर्नु पर्दछ ।

    नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि पर्यटन क्षेत्रमा औपचारिक शिक्षा साथै दक्षता प्राप्त गरेका युवाहरूलाई आकर्षित गर्नुपर्दछ । पर्यटकहरूलाई हामीले सम्मान, सेवा सहयोग गर्नु पर्दछ । पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्ने, सुरक्षित वातावरणको महशुस हुने गरी सहयोग गरेमा पर्यटकको आगमन बढ्नेमा विश्वस्त हुन सकिन्छ ।

    नेपालमा घुम्नु पर्ने मुख्य स्थानहरूमा पशुपति नाथ, पोखरा क्षेत्र, लुम्बिनी, सगरमाथा क्षेत्र, मनाङ, मुस्ताङ्ग, राष्ट्रिय निकुञ्जहरू, पद यात्रा, रारा क्षेत्र आदि छन् । यी केही उदाहरण मात्रै हुन् । नेपालमा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, म्यानमार, श्रीलंकाजस्ता देशहरूबाट धेरै संख्यामा पर्यटकहरू भित्रिने गरेको पाइएको छ । जसमध्ये ७० प्रतिशत मनोरञ्जनको लागि मात्रै आउने तथ्यांकमा पाइन्छ ।

    पर्यटन व्यवसायबाट कूल ग्रार्हस्थ उत्पादनमा वृद्धि, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सृजना, पूर्वाधार विकास, विदेशी मुद्रा आर्जन आदि कुराले पर्यटन देशको आर्थिक वृद्धिको एउटा आधार हो । पर्यटनले गर्दा विकासका पूर्वाधारहरू पनि निर्माण हुन्छन्, जसले देश भित्र पनि सहज सुविधा हुन्छ । पर्यटकलाई आकर्षित तथा अझै धेरै भित्राउनका लागि यी कुरामा जोड दिनुपर्दछ ।

    सुरक्षित वातावरण, गुणस्तरीय स्थालको प्रबन्ध, सहयोग सत्कार, पूर्वाधार निर्माण, यातायाताको सुविधा, पर्यटकीय स्थलको प्रचार प्रसार, ओभेलामा परेका पर्यटकीय स्थलहरूको प्रचार प्रसारमा महत्व दिनुपर्दछ ।

    पर्यटन क्षेत्रमा आउने विभिन्न समस्याहरू पनि छन्, जसलाई समाधान गरी व्यवस्थित रूपमा पर्यटन क्षेत्रको प्रवर्द्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, सञ्चारको व्यवस्था, स्वाथ्य र ससफाइ सहितको होटल लज, होमस्टे, चिटिक्क सुविधाहरू आवश्यक पर्दछ । पर्यटकको दिगो विकासले भावी पुस्ताहरूलाई हाम्रो आफ्नै संस्कृतिको धरोहरको रूपमा परिचय गराउन मद्धत गर्दछ ।

    पर्यटन व्यवसायले गर्दा नै सांस्कृतिक र पुरातात्विक महत्वका स्थलहरूको जगेर्ना गर्न मद्दत गर्छ भने पर्यटन व्यवसायलाई नै आर्थिक विकाससँग जोड्न सकिन्छ । मानिसहरूको व्यस्तता, सञ्चार माध्यम, देश देशबीचको सम्बन्धले अन्तर्राष्ट्रिय संघ संस्थाले गर्दा आज संसार गाउँजस्तो बनेको छ । जसले गर्दा  एक देशको व्यक्ति अर्को देशमा घुमघाम गर्न जाने हुँदा पर्यटन फस्टाएको छ ।

    नेपाल क्षेत्रफलको हिसाबले सानो भए पनि उपयुक्त हावापानी र बढि विविधता भएको देशका पर्दछ । अन्नको भण्डार मानिने तराईमा सुनौला धानका लहलहाउँदा बाला संगै जंगल, जनावरसंगका डाँडापाखा, पहाड मोतीजस्तै टल्किने हिमालले जतिबेला पनि पर्यटकको स्वागत गरिरहेका हुन्छन् ।


    सरकारका बिभिन्न पर्यटन सम्बन्धि योजना तथा कार्यक्रम सफल पार्नका लागि सबैले आ आफ्नो ठाउँबाट साथ सहयोगको गर्नु आवश्यकता रहन्छ । अतिथि देवो भवः पर्यटक पाहुना हुन्, स्वागत, सम्मान, सहयोग र सत्कार गरौं । बढी भन्दा बढी पर्यटन भित्राई देशको अर्थतन्त्र दिगो र बलियो बनाउँ l

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटन
  • # अर्थतन्त्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।