Logo

२०८३, आश्विन १०गते


images
images

रुपा गाउँपालिकाको बजेट ४३ करोड २९ लाख, 'एक घर एक मौरीघार' कार्यक्रम

रुपा गाउँपालिकाको बजेट ४३ करोड २९ लाख, 'एक घर एक मौरीघार' कार्यक्रम

images
  • रुपा गाउँपालिकाको बजेट ४३ करोड २९ लाख, 'एक घर एक मौरीघार' कार्यक्रम
    images
    images

    राजेश  पराजुली, पोखरा । कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष (२०८०–०८१) का लागि कृषिलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ। पालिकाको १३ औ सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरुङले ४३ करोड २९ लाख ७७ हजार ३ सयको बजेट सार्वजनिक गरेकी हन् । जस अन्र्तगत चालु तर्फ ३३ करोड ८५ लाख ४ हजार र पुजीगत तर्फ ९ करोड ४४ लाखा ३ हजारको खर्च अनुमान नगरसभामा पेश गरिन् ।

    images
    images
    images

    अनुमान गरिएको खर्चको व्यभार मध्य नेपाल सरकाराबाट वित्तीय समानीकरण अनुदान ७ कारेड ८० लाख, राजश्व वाडफाड वापतको ७ करोड ७३ लाख १३ हजार ३ सय , ससर्त अनुदान तर्फ २० करोड १९ लाख, समपुरक अनुदान तर्फ ५० लाख, विशेष अनुदान तर्फ १ करोड २० लाख रहेको छ ।

    images
    images
    images

    त्यस्तै गण्डकी प्रदेश सरकारबाट राजस्व बाडफाडको ४८ लाख ४ हजार, समपुरक अनुदान ५० लाख, समानीकरण अनुदान ९४ लाख ६० हजार, शसर्त अनुदान ५० लाख रहेको गुरुङले जानकारी दिइन् । संघ र प्रदेश सरकार वाहेक पालिकाको चालु आर्थिक वर्षबाट अल्या रकम २ करोड ९० लाख र आगामी आर्थिक वर्षको आन्तरिक स्रोत अनुमान १ करोड २५ लाख रहेको छ ।

    images
    images
    images

    शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गदै पालिका अध्यक्ष नवराज ओझाले कृषिलाई प्राथमिकता दिइएको बताएका थिए । जस अन्र्तगत ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने मुल नाराका साथ एक घर एक मौरीघार कार्यक्रमलाई बृहत्तर रुपमा संचालन गर्ने बजेटा घोषणा गरिएको छ । उक्त कार्यक्रमका लागि १ करोड २० लाख बजेट बिनियोजना गरिएको छ ।

     दिगो कृषि विकासको माध्यमबाट रुपावासीको जीवनस्तरमा सुधार ल्याउन कृषि विकास र पशु सेवाका लागि २ करोड १० लाख बजेट बिनियोजना गरिएको छ ।लघु उधम कार्यक्रम मार्फत रोजगारी सृजना गर्नका लागि १७ लाख बजेट बिनियोजना गरिएको उपाध्यक्ष गुरुङले बताइन् ।

    यस्तै गाउँपालिकाले आफ्नै प्रशासनीक भवन बनाउनका लागि १ करोड, वडानम्बर २ को प्रशासनीक भवनको क्रामगत योजनाका लागि १ करोड १० लाख र रुपाकोट अस्पताल भवन र्निाणका लागि स्रोत सुनिश्चित गदै बजेट बिनियोजन गरिएको छ ।

    भौतिक पूर्वाधार तर्फ वडानम्बर १, ४, ६, र ७ को वडा कार्यालय जोड्ने सडक निर्माणका लागि बजेट बिनियोजना गरिएको छ । पर्यटकिय क्षेत्रको पहिचान र प्रवद्धनका लागि ३८ लाख बिनियोजना गरिएको छ । त्यस्तै स्थानीय सडक, पुल तथा झोलुङगे पुल, भवन तथा सहरी विकासका लागि १ करोड १५ लाख बिनियोजन गरिएको छ । युवाहरुलाई उद्यामी बनाई स्वरोजगरा बनाउन सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराउनका लागि ३० लाख बजेट बिनियोजन गरिएको छ पालिकाले खर्च कटौती गदै आगामी आर्थिक वर्षको लागि अतिरिक्त तथा प्रोत्साहन भत्ता कटौती गर्ने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।