Logo

२०८३, आश्विन १०गते


images
images

रुपा गाउपालिकाले छ महिनामा गुमायो दुई जना पाइलट

रुपा गाउपालिकाले छ महिनामा गुमायो दुई जना पाइलट

images
  • रुपा गाउपालिकाले छ महिनामा गुमायो दुई जना पाइलट
    images
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा कास्कीको रुपा गाउँपालिकाले ६ महिनाको अवधिमा दुई जना कुशल सिनियर पाइलटलाई गुमाएको छ। उक्त गाउपालिकाले २०७८ सालमा रुपा रत्न सम्मानबाट सम्मानित गरेका सिनियर पाइलटद्वय कमल केसी र चेतबहादुर गुरुङलाई छमहिना अवधिमा भएका दुई छुट्टाछुट्टै हवाई दुर्घटनामा गुमाएको हो।

    images
    images
    images

    रुपा गाउपालिकाले गएको माघमा पोखरामा भएको यति एअरलाइन्स दुर्घटनामा पाइलट केसीलाई गुमाएको ६ महिनामै अर्का हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङलाई गुमाउन पुगेको हो । हवाइ दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको जन्म रुपा गाउँपालिकामा भए पनि काठमाडौं कर्मथलो बनाएका थिए ।

    images
    images
    images

    जन्मथलो रुपा गाउपालिका भए पनि उनीहरु दुबैले हाल आफ्नो कर्मथलो काठमाण्डौलाई बनाउदै आएका थिए। मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका गुरुङको पुर्ख्यौली घर अझै कास्की जिल्लाको रुपा गाउँपालिका–६ मोहरियामा छ। उनका इष्टमित्र आफन्त र परिवार अझै पनि रुपा गाउपालिका मै बस्ने गर्छन। उनले उनी बेला बेला आफ्नो जन्मथलोमा आउजाउ गर्ने गर्दथे।

    images
    images
    images

    यसअघि पोखरामा भएको यति विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट कमल केसीको स्मृतिमा पालिकाले शालिक बनाउने निर्णय गरेको छ । शालिकका लागि सर्वे सकेर डीपीआरको बनाउने तयारी भइरहेको पालिका अध्यक्ष ओझाले जानकारी दिए यसैबीच रुपा गाउपालिकाका प्रमुख नवराज ओझाले एक प्रेस बिज्ञप्ति जारी गरेर स्वर्गीय सिनियर पाइलट चेत बहादुर गुरुङको निधन प्रति श्रद्धान्जली प्रकट गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपा गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।