Logo

२०८३, श्रावण ३०गते


images
images

भैरहवाका रमानन्द बानियाँको घर विप्लव नेकपाको नियन्त्रणमा

भैरहवाका रमानन्द बानियाँको घर विप्लव नेकपाको नियन्त्रणमा

images
  • भैरहवाका रमानन्द बानियाँको घर विप्लव नेकपाको नियन्त्रणमा
    images
    images

    विनोद खनाल, भैरहवा । शनिवार भैरहवाको सिद्धार्थनगर ५ मिलनचोक निवासी रमानन्द बानियाँको घर विप्लव नेतृत्वको नेकपाले नियन्त्रणमा लिएको छ। बानिया चर्को मिटरब्याजी भएको बताउँदै नेकपाले उनको घरमा नियन्त्रण गरेको हो ।

    images
    images
    images

    मिटरब्याज पिडितहरु  सहितको उपस्थितिमा पार्टीले घर नियन्त्रणमा लिईएको सो पार्टीले जनाएको छ।

    images
    images
    images

    नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज शरद सीको नेतृत्वमा पिडितहरुको सहभागिता गएको सयौंको टोलीले उक्त घर नियन्त्रण गरिएको हो ।

    images
    images
    images

    meter byaj aandolan.jpg

    देवकोटा चोकदेखि नारा जुलुश प्रदर्शन सहित बानियाँको घर पुगेको टोलीले भैरहवाको मिलन चोक र बुद्धचोकमा रहेका बानियाँका दुई घर कब्जामा लिई कारबाही गरेपछी बिरोध सभा समेत आयोजना गरेको थियोे ।

    सभामा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले बर्षौंदेखी दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा चर्को मिटर ब्याज लिई करोडौं असुली दुख दिने गरेकाले कुख्यात मिटर ब्याजी बानियालाई कारबाही गरिएको बताए। पिडित जनतालाई अझै दुख दिए अन्य सम्पत्ति समेत कब्जा गरि पिडितहरुलाई बाँडिने चेतावनि दिंदै उनले जनबिरोधी हर्कत गर्ने र शोसण गर्नेहरुका बिरुद्ध नेकपा संधै संघर्ष गर्ने बताए। नियन्त्रणमा लिएको घरको स्वामित्व जनताको हुने बताउँदै उनले घरमा बस्नेहरुलाई पनि भाडा दिनु नपर्ने जिकिर गरे ।

    बानियाँको  मिटरब्याजबारे पटकपटक पिडित जनताले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएपनि न्याय नपाएपछी पिडीत ऋणीहरुले पार्टीमा उजुरी दिएको पिडितले जनाएका छन्।

    बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक, दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा बुझेको नेकपाको दावी छ ।

    बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याजमा समेत लगाएको र नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई  ब्याज  आरोप नेकपा र पिडितले लगाएका छन ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिटरब्याज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।