सरकार म संग बल छ
हिड्नलाई खुट्टा छ
काम गर्न हात छ
सोच्नलाई दिमाक छ
म संग थुप्रै किताब छ
कपि पनि छ
किताब पढेर कपिलाई
मैले किताबमा उत्तर लेखेको छु
सरकार तिम्ले बनाएको नियम अनुसार
प्रतेक परीक्षा दिएको छू
त्यतिमात्र कहाँ होर सरकार
राम्रो नम्बर ल्याएर पास पनि भएको छु
म पास भए सरकार खुसी लाग्यो
समयको मतलब भएन
जवानी सकिएपनि पास त! भएनी
आज पासको सर्टीपिकेट लिएर
धान रोप्न खोछु जान्दिन
मैकै रोप्न खोज्छु जान्दिन
कोदो रोप्ने खोज्छु जान्दिन
घाँस काट्न खोज्छु जान्दिन
कोदालो खन्न खोज्छु जान्दिन
गोबर फाल्न खोज्छु जान्दिन
दुध दुहुन खोज्छु जान्दिन
के गरौं त्यो पढाइ
के गरौं त्यो सर्टीपिकेट
के सिकायौ सरकार
भन त!सरकार
कृषिमा काम नलाग्ने
शिक्षा दिएर
देश कृषि प्रदान कसरी बनाउँछौं
सरकार तिम्रो कस्तो नियती हो?
उल्टो पढाएर
देशलाई कुर्सी प्रधान बनाउँछौं।
नारायण कोइराला
तानसेन, पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology