Logo

२०८३, आश्विन ९गते


images
images

गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जित्यो

गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जित्यो

images
  • गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जित्यो
    images
    images

    पोखरा । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै म्याग्दी नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

    images
    images
    images

    यस अघि भएको फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वत माथी दवाव बनाउने प्रयास गरे पनि दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१७ ले जित्दै म्याग्दी विरुद्धको खेलमा पर्वत पुरै हावी बन्यो । तर चौथो सेट २५–१५ ले र अन्तिम तथा पाँचौ सेट १५–१० ले जित्दै म्याग्दीले उपाधि जित्न सफल भयो ।

    images
    images
    images

    प्रतियोगितामा बागलुङ जिल्ला तेश्रो भएको छ । बागलुङले स्याङजालाई ३–१  सेटले  पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । स्याङजा संग भएको खेलमा बागलुङले पहिलो सेट २५–१९ ले गुमाए पनि अन्तिम तिन सेट लगातार जित्दै नगद ४० हजारको पुरस्कार राशीको हकदार बनाउन सफल भयो । बागलुङले २५–१२, २५–२३ र २५–१५ ले खेल जितेको थियो ।

    images
    images
    images

    प्रतियोगितामा उत्कृष्ट खेलाडी पर्वतकी पुजा सेन ठकुरी घोषित भइन् भने उत्कृष्ट स्पाइकरको उपाधि म्याग्दीकी पवित्रा श्रीपाली र उत्कृष्ट सेटरको उपाधि म्याग्दीकी रेवीना घर्ती मगर बन्न सफल भए । सबै खेलाडीहरुले नगद रु ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

    प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, भौतिक पूर्वाधार तथा यातयात ब्यबस्था मन्त्री रेशम बहादुर जुग्जाली, गण्डकी प्रदेश सांसद प्रकाश बराल, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको ब्यबस्थापनमा तिन दिन जारी प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको थियो ।

    समापन कार्यक्रममा बोल्दै सामाजिक विकास तथा स्वास्थ्य  मन्त्री सिंखडाले प्रदेशको खेलकुद विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै प्रतियोगिताले गण्डकी प्रदेशको महिला भलिबल खेल विकासमा सहयोग पुग्ने बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।