Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौं : रवि लामिछाने

भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौं : रवि लामिछाने

images
  • भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौं : रवि लामिछाने
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाले अहिले भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेको बताएका छन्।

    images
    images
    images

    उनले आज आयोजित तारकेश्वर नगरपालिका भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने बताउँदै आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरेका हुन् ।

    images
    images
    images

    उनले भने, 'रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ।'

    images
    images
    images

    जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने लामिछानेले बताए। उनले भने, 'नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।'

    विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए । 'आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ', उनले भने, 'अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।'

    राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे। 'रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ', पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने। 

    केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिबद्धता व्यक्त गरे। पूर्वमन्त्री शिशिर खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे। रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।