Logo

२०८३, श्रावण ३१गते


images
images

युवा नेता लम्साललाई यूरोप र दक्षिण एसियामा राप्रपा विस्तार गर्ने जिम्मा

युवा नेता लम्साललाई यूरोप र दक्षिण एसियामा राप्रपा विस्तार गर्ने जिम्मा

images
  • युवा नेता लम्साललाई यूरोप र दक्षिण एसियामा राप्रपा विस्तार गर्ने जिम्मा
    images
    images

    देवदह ।  देवदह नगरपालिका वडा नं ९ घर भई बैदेशिक रोजगारसंगै राजनीतिक काममा सक्रिय तोयानाथ लम्सालले  यूरोप र दक्षिण एसियामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संगठन विस्तार गर्ने जिम्मेवारी पाएका छन।  पार्टीको केन्द्रिय सदस्य समेत रहेका युवा नेता लम्साललाई पार्टीको केन्द्रिय समिति बैठकले उक्त जिम्मेवारी प्रदान गरेको हो। 

    images
    images
    images

    नेता लम्साललाई पार्टीको प्रवास विभागको विभागीय प्रमुख र प्रवासी नेपाली एकता समाज (पानस) को अध्यक्षको प्रत्यक्ष समन्वयमा रही युरोप (वेलायत वाहेक) तथा दक्षिण एशिया भूगोलभित्र राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन निर्माण, विस्तार एवं सक्रिय सदस्यता वितरण र नवीकरणका कार्य गर्नु गराउन जिम्मेवारी तोकिएको राप्रपाले जनाएको छ। 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै नेता लम्सालले आफु पार्टीको इमानदार सिपाही र नेपाली जनताको सुख दु:खको साथी भएकोले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न कार्यक्षेत्रमै रहेको बताए। 

    images
    images
    images

    राप्रपाले दिएको जिम्मेवारी पत्रमा उनलाई राप्रपाको नीति, सिद्धान्त र उद्देश्यबारे प्रचार प्रसार गर्ने, पार्टीको प्रजातान्त्रिक विचार, राजसंस्था र सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रबारे जानकारी दिने, प्रमुख राष्ट्रिय पर्वमा चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गर्ने, पार्टीको लेभी नियमित रुपमा तिर्न लगाउने र पार्टीको खातामा पठाउने तथा पार्टी र केन्द्रीय अध्यक्षको निर्देशन अनुरुपको कार्यहरु गर्ने गरि कार्यक्षेत्र तोकिएको जनाईएको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तोयानाथ लम्साल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।