नविन लुइँटेल, देवदह । देवदह मदरटङ्गस एकेडेमीको विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। एस इई परीक्षा २०७९ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विद्यालय सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्धक निर्देशक भीम बहादुर गुरुङले ११, १२ अध्ययनका लागी टाढा जानुभन्दा आफ्नो घर नजिकको विद्यालयमा आफूले चाहेको विषय रोजेर पढ्न विद्यार्थीलाई आग्रह गरेका थिए।
उनले किताबी शिक्षा सहित व्यवहारिक शिक्षामा जोड दिन सके विद्यार्थीको भविष्य उज्ज्वल रहने बताए। त्यस्तै देवदह नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले प्रतिस्पर्धा अरुसँग नभई स्वयम् आफै संग भएको बताए ।
नतिजा जेजस्तो आएता पनि उनले ३ घण्टाको परीक्षालाई आधार मानेर आएको नतिजालाई सबै त्यही हो भन्ने न सोच्न र नतिजा जाति आएता पनि संस्कारलाई न भुल्न अनुरोध गरे । विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले देवदह नगरपालिकामा भित्र विद्यार्थीलाई चाहिने विषय सबै भएको कारण टाढा जाने मानसिकता त्यगी आफ्नो घर वरि परिका आफूलाई मन पर्ने विद्यालयमा भर्ना भइ शैक्षिक उन्नति प्रगीत गर्न गर्न अनुरोध गरेका थिए ।
गुरुङका अनुसार आफ्नो विद्यालयबाट विद्यार्थीहरूको घर परिवारको फोन नम्बर सहित लगेको कारण कसैको प्रलोभन र दबाबमा नपरी आफुले चाहेको विषय लिग्न अनुरोध गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology