राहुलदेव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ मा रहेको देवदह मदरटङ्गस एकेडेमीमा मुटु बाथ रोग परिक्षण कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ देवदहको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।
रोटरी कल्ब अफ देवदह वर्ष २३/२४ का अध्यक्ष डा. सुन्दर पाण्डेय र देवदह मेडिकल कलेजको प्राबिधिक टोलीले सो विद्यालयका विद्यार्थीहरुको मुटु परिक्षण गरेको हो।
कार्यक्रममा ४१३ जना विद्यार्थीको मुटु परिक्षण गरिएको थियो। परिक्षणका कार्यक्रम मुटु सम्बन्धी समस्या भएकाहरुलाई थप परामर्शका लागि देवदह मेडिकल कलेजमा रिफर गरिएको क्लबका अध्यक्ष सुन्दर पाण्डेले जानकारी दिएका छन्।
देवदह नगरपालिका भित्रका निजि तथा सामुदायिक गरि बीस हजार विद्यार्थीको मुटु बाथ रोग परिक्षण गरिने उनको भनाइ छ । हाल सम्म सो क्लबले देवदह नगरपालिका भित्र रहेका ५ विद्यालयका विद्यार्थीहरुको मुटु परिक्षण गरिसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology