Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले सचिवालय बैठक : बागमती प्रदेश इन्चार्जमा गुरु बराल

एमाले सचिवालय बैठक : बागमती प्रदेश इन्चार्जमा गुरु बराल

images
  • एमाले सचिवालय बैठक : बागमती प्रदेश इन्चार्जमा गुरु बराल
    images
    images

    काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जका जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले बराललाई उक्त जिम्मेवारी प्रदान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् । यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन । 

    images
    images
    images


    त्यस्तै सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ । सचिवालय बैठकले विभिन्न समसामयिक ६ वटा प्रस्ताव पारित गरेको छ । जसमा कोशी प्रदेशको सरकार गठनमा सभामुख सामेल भएको भन्दै त्यो अवैधानिक भएकाले संविधानसम्मत नयाँ सरकार गठन गर्नुपर्ने, लम्पी स्किन रोग महामारीका रुपमा फैलँदा समेत सरकारले त्यसको रोकथाममा उचित ध्यान नदिएको, मिटरब्याजी समस्या समाधानमा नयाँ विधेयक ल्याउनुपर्ने, विश्वविद्यालयमा सत्तापक्षका विद्यार्थीबाट भएका तालाबन्दी,तोडफोडको निन्दा र अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित जनजीवनलाई सामान्यमा बदल्न सरकारसँग माग गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।