Logo

२०८३, श्रावण ३०गते


images
images

तेस्रो लहरको सामना गर्न तयार रहौँ : स्वास्थ्य मन्त्रालय

तेस्रो लहरको सामना गर्न तयार रहौँ : स्वास्थ्य मन्त्रालय

images
  • तेस्रो लहरको सामना गर्न तयार रहौँ : स्वास्थ्य मन्त्रालय
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को-भिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सामना गर्नुपर्ने जनाएको छ ।तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

    images
    images
    images

    बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन आग्रह गरे । नेपालमा अहिले को-भिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    गएको वैशाख २६ देखि जेठ २० गतेसम्मको नमुना परीक्षणमा मुख्य रुपमा डे’ल्टाको म्युटेन्ट रुप एवाई १ र कप्पा भाइरस सक्रिय रहेको पाइएको डा. पौडेलले जानकारी दिए ।को-भिडको दोस्रो लहरमा डेल्टा र एवाई १ भेरियन्ट सक्रिय देखिएकोमा पछिल्लो समय कप्पा थपिएको हो ।

    images
    images
    images

    मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भाइरस, मानिस र वातावरणको त्रि’कोण संक्रमण हुन मुख्य भूमिका खेल्ने बताए।‘हावामा को’रोना फैलिरहेको भन्ने पुष्टि भइसकेको छ। हामी बस्ने कोठमा, झ्याल हावा खेल्ने हुनुपर्छ,’ डा. पौडेलले भने, ‘ हाम्रो व्यवहारबाट संक्रमण सर्ने हुन्छ। जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्न नछोडौं।’ रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा धेरै संक्रमण हुनसक्छ।

    ‘दीर्धरोगका मानिसलाई कोरोना भाइरसले धेरै असर गर्छ। नयाँ प्रजातिको खोप आएमा खोपले पनि काम नगर्ने हुन्छ। त्यसकारण, जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपले पालना गरौं,’ डा. पौडेल भन्छन्।’ कोभ्यास, भारत र चीनबाट खोप आउने क्रम जारी रहेकाले उमेर समूह अनुसार को’रोना विरुद्धको खोप दिने उनले जनाकारी दिए।

    यता नेपालमा पुन कोरोना संक्रमणको दर बढ्दै गएको छ। बुधबार मात्रै २ हजार ९७९ जनामा को’रोना संक्रमण पुष्टि भएको छ। ११ हजार ८९८ नुमना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म ३३ लाख ९१ हजार ३७९ पिसिआर र २ लाख १७ हजार ४२१ कोरोनाको नमुना परीक्षण भएको छ।

    जसमध्ये पिसिआर मार्फत ६ लाख ५० हजार १६२ र एन्टिजेन मार्फत ४० हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ६ लाख ९० हजार ९७४ जनामा संक्रमित देखिसकेको छ। बुधबार १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्। यो सँगै निको हुनेको संख्याको ६ लाख १४ हजार ३२७ निको भएका छन्।

    काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेकाे प्रवक्ता पौडेलले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।