Logo

२०८३, श्रावण ३०गते


images
images

विपन्न तथा असहाय बिरामीका लागि १० प्रतिशत शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

विपन्न तथा असहाय बिरामीका लागि १० प्रतिशत शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

images
  • विपन्न तथा असहाय बिरामीका लागि १० प्रतिशत शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचारका लागि सबै अस्पताललाई १० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको छ ।

    images
    images
    images

    मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले बुधबार सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई परिपत्र गर्दै निःशुल्क उपचारका लागि १० प्रतिशत शय्या अनिवार्य छुट्याउन निर्देशन दिएको हो ।

    images
    images
    images

    परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गरेबापत लागेको शुल्क प्रक्रिया तथा अवधिसमेत खुलाएर बिरामी बडापत्र तयार गरी अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने उल्लेख गरिएको छ ।

    images
    images
    images

    संस्थाहरूको नियमित तथा आकस्मिक अनुगमनको क्रममा मापदण्डबमोजिम भएको नपाइएमा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ तथा अन्य प्रचलित कानुनमा भएका सम्पूर्ण व्यवस्थाहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।

    त्यस्तै, अस्पतालले पार्किङको शुल्क उठाउने, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको गुनासो आएकाले सम्पूर्ण व्यवस्थाको पालनमा गर्न आग्रह गरेको छ । अन्यथा मन्त्रालयले कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य मन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।