Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवललाई हरियाली र सफा शहर बनाउन ४५ दिने अभियान

बुटवललाई हरियाली र सफा शहर बनाउन ४५ दिने अभियान

images
  • बुटवललाई हरियाली र सफा शहर बनाउन ४५ दिने अभियान
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षरोपण अभियान शुरु गर्ने भएको छ।

    images
    images
    images

    साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

    images
    images
    images

    उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए।

    images
    images
    images

    चालु आर्थिक वर्षभित्रमा बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर शहर बनाउँदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजना अगाडि बढाएको उनले बताए।

    जसका लागि चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बुटवल उपमहानगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको उनले बताए।

    बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तरगत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ भने एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ। यस्तै रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ।

    नगर प्रमुख पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र विरुवा रोपिनेछ।

    साउन १५ गते शुरु भएको नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरु सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुने प्रमुख पाण्डेयले बताए । नगरस्तरीय अभियानबाहेक वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रुपमा सञ्चालन हुने उनको भनाई छ।

    साउन १५ गते योगीकुटीबाट शुरु हुने अभियानअन्तरगत पहिलो दिन योगीकुटीदेखि राजमार्ग चौराहासम्म, १६ र १७ गते चौराहादेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिनेछ।  

    यस्तै २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण, सौन्दर्यीकरण गर्दै बाँकी क्षेत्रमा अभियान सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए।

    सरसफाइ तथा वृक्षरोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयमसेवी संस्थाहरु, क्लबहरुलाई आह्वान गरिएको उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।