Logo

२०८३, श्रावण ३१गते


images
images

लघुकथाःआ-आफ्नै डम्फू

लघुकथाःआ-आफ्नै डम्फू

images
  • लघुकथाःआ-आफ्नै डम्फू
    images
    images

    अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही
    "तँ ढोँगी। साले उपदेश छाँट्छ,जान्ने पल्टेर।´´ भर्खर नाचेर थाकि बसेको अभयले झम्टन खोज्यो भानुलाई।
     ``पिकनिकको रमाइलोमा गीत बजाउँदै,नाँच्दै मस्तिमा झुमीरहेका साथीहरूलाई तैँले पनि 'दैत्य नृत्य' भनेर नभन्नु पर्थ्यो नि त।´´ भानुलाई रोशनले सम्झाउँदै भन्यो।
     `` मासु,मदिराको आहालमा डुबेर बेढङ्गले नाच्नु `दैत्य नृत्य´ नै हो।´´खाँदै गरेको शाकाहारी खानाको थाली भुँईमा राख्दै जवाफ फर्कायो भानुले।
     ``न हामीलाई मांसाहारीको जस्तो नङ्ग्रा दिएको छ,न त मांसाहारीको जस्तो दाँत नै।हाम्रो आन्द्रा पनि शाकाहारी प्राणीको जस्तै छ।त्यसैले शाकाहारी हुनु पर्छ।शाकाहारी हुनुमै मनुष्यको भलो छ, मात्र त भनेको थिएँ। त्यति भन्दा नै जङ्गिएपछि 'दैत्य नृत्य' भन्दिएको हुँ।´´भानुले अझ प्रष्ट्याउन खोज्यो मूल कुरो।
     ``मानव पुर्खा जङ्गली अवस्थामा हुँदा प्राकृतिक रुपमै मासु खान शुरु गरेका हुन्।पछिपछि शिकारको अभाव हुँदै गएपछि कन्दमूल,फलफूल खान सिके।विस्तारै पशुपालन थाले, खेतीपाती गर्न लागे।यसरी माछा,मासु,फलफूल,सागपात खान प्रकृतिबाटै सिकेका हुन्।बाघ, सिंह जस्ता जनावरहरुले शुरुबाट मांशाहार अपनाए त्यसमै अभ्यस्त छन्।गाई,बाख्रा,मृग जस्ता जनावरहरुले शाकाहार अपनाए ती पनि त्यसमै अभ्यस्त छन्।अनि मान्छेले प्राकृतिक रुपमै दुबै सिक्यो,त्यही अपनायो।कुरो वुझ्नु छैन् त्यसै प्यारप्यार !´´ अभय पुनः जङ्गियो।
     ``मैले त अनुसन्धानले देखाएको कुरा न बोलेको हुँ।के खाने,के नखाने आफ्नो मर्जी।´´भानुले वेवास्ताभाव प्रकट गर्यो।
     `` मान्छेलाई प्रकृतिले नै शाकाहार,मांसाहार दुबै खान योग्य बनाइदिएको छ।जसलाई जे रुचि हुन्छ उही खान्छ त।किन जान्ने पल्टेर पण्डित्याइँ छाँट्नु ?´´अभयको रिसको पारो अझै ओर्लेन।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथाःआ-आफ्नै डम्फू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।