रुपन्देही । देवदह नगरपालिका पुतलीबजारको शुक्रबारे हाटबजारमा अनुगमन गरिएको छ । नगरपालिकाको अनुगमन समितीद्वारा शुक्रबार बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा गुणस्तरहीन र भारतबाट अबैध रुपमा बिक्रि प्रयोजनका लागि ल्याइएका माछा र नेपालमा खरिदबिक्री निषेध गरिएका माछा बरामद गरिएको छ । बैखी १२० केजी, नैनि १४ केजी, रहुँ १८ केजी माछा जफत गरिएको देवदह नगरपालिका बजार अनुगमन समितिका संयोजक कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।
अनुगमनको क्रममा म्याद गुज्रिएको भुजा १५ प्याकेट, दालमोट तथा नमकिन १० केजी, बेकरी सम्बन्धि सामाग्री ७ पिस, तेल २ पिस, किसमिस ७ प्याकेट, पिठो ३५ केजी झिनिया १ केजी बरामद गरि नष्ट गरिएको हो ।
अनुगमनका क्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले धेरै पटक सुझाव दिँदा पनि अटेर गर्ने व्यवसायीहरूलाई कारबाही प्रक्रिया अघि बढ्ने बताए । अनुगमनको क्रममा ब्यवसायीहरुको पसलमा देखिएका कमीकमजोरी हटाउन एक हप्ता समय दिएर आवश्यक कारबाहीको दायरमा ल्याउने गरी काम अघि बढाएको नगर प्रमुख खरेलले बताए।
अनुगमनको क्रममा मापदण्ड नअपनाई सञ्चालन भइरहेको, डिजिटल तराजु प्रयोग नगर्ने व्यवसायी र गुणस्तरहीन सामान तथा सामान बेच्ने व्यवसायीलाई सजग समेत बनाइएको छ ।
देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नगर प्रबक्ता गणेश डुम्रे, गुण नियन्त्रण कार्यालय भैरहवाका प्रतिनिधि, व्यापार संघका प्रतिनिधि, पशु विकास अधिकृत डा प्रतिमा विष्ट, वरिष्ट मत्स्य विकास अधिकृत दिपक भुसाल, देवदह प्रहरी चौकीका प्रमुख डाक्टर प्रसाद चौधरी, बजार अनुगमन समिति, कर्मचारी, संचारकर्मी, नगर प्रहरी लगायतको उपस्थितिमा बजार अनुगमन गरिएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology