Logo

२०८३, आश्विन १०गते


images
images

नेप्सेमा आज ३६ अंकको गिरावट

नेप्सेमा आज ३६ अंकको गिरावट

images
  • नेप्सेमा आज ३६ अंकको गिरावट
    images
    images

    काठमाडौँ । मौद्रिक नीतिपछि सेयर बजार क्रमशः घट्न थालेको छ । अघिल्लो दिन सोमबार २६ अंकले घटको नेप्से सूचक दोस्रो दिन मंगलबार थप ३६ अंकले घट्न पुगेको हो । 

    images
    images
    images

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३६.१९ अंकले घट्दै २१ सय ६४.३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.६२ अंकले घटेर ४११.१६ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । 

    images
    images
    images

    आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १.२२ प्रतिशतले बढेको छ । 

    images
    images
    images

    ३६ अंकमाथिले नेप्से घटेको बजारमा आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।