Logo

२०८३, श्रावण ३०गते


images
images

विपदबाट गुल्मीमा ४३ जनाको मृत्यु

विपदबाट गुल्मीमा ४३ जनाको मृत्यु

images
  • विपदबाट गुल्मीमा ४३ जनाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    गुल्मी । विपदबाट गुल्मीमा पछिल्लो तीन बर्षमा ५७५ घटना घटेका छन् । जसबाट ४३ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । 

    images
    images
    images

    जिल्लामा आगलागी, चट्याङ, बाढी/डुबान, पहिरो, अविरल बर्षा र हावाहुरीका जस्ता प्राकृतिक विपतका कारण मानिसहरुले ज्यान गुमाउन बाध्य भएका छन् । 

    images
    images
    images

    आर्थिक बर्ष ०७७/७८ देखि ०७९/८० सम्म सबैभन्दा धेरै आगालागीका २९० वटा घटना जिल्ला प्रहरी कार्यालय, गुल्मीमा दर्ता भएका छन् । 

    images
    images
    images

    त्यससँगै पहिरोका १९४, चट्याङका २८, बाढी÷डुबानका १४, अविरल बर्षाका ३२ एवम् हावाहुरीका सात वटा घटना प्रहरी कार्यालयमा दर्ता भएको प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए  । 

    आ.व. ०७७/७८ मा प्राकृतिक विपतका कुल २७० वटा घटना भए । जसमा १३ जनाले ज्यान गुमाए भने २१ जना घाइते भए । आर्थिक बर्ष ०७८/७९ मा प्राकृतिक विपतका ९४ घटना दर्ता भएमध्ये १३ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

    त्यस्तै आ.व. ०७९/८० मा २११ घटना दर्ता भएका छन् । उत्तः घटनामा परि १७ जनाले ज्यान गुमाएको र नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।