Logo

२०८३, श्रावण ३०गते


images
images

१२ सम्मको कक्षा दिवा सत्रमै हुन्छ : नगर प्रमुख खरेल  

१२ सम्मको कक्षा दिवा सत्रमै हुन्छ : नगर प्रमुख खरेल  

images
  • १२ सम्मको कक्षा दिवा सत्रमै हुन्छ : नगर प्रमुख खरेल  
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेलले विद्यालय तहको कक्षा १२ सम्मको पठनपाठन दिवा सत्रमै हुने बताएका छन्।  सोमबार देवदह साप्ताहिकको ११ औं वार्षिकउत्सब कार्यक्रममा बोल्दै प्रमुख खरेलले क्रेडिट आवर नपुग्ने र ११-१२ पनि विद्यालय शिक्षा नै भएकोले बिहानी सत्रमा कक्षा संचालन नहुने प्रष्ट पारे। 

    images
    images
    images

    "केही विद्यालय संचालकहरूले बिहानी सत्रमा कक्षा संचालन नगरे विद्यार्थी बाहिर जाने कुरा गर्नुभएको छ, यो मिल्दो छैन" उनले भने, भलुहीको गौशालामा संचालित संस्कृत पाठशाला वा दक्षिण क्षेत्रका मदरसामा देशका विभिन्न ठाउँबाट विद्यार्थी आएर पढिरहेका छन्, गुणस्तरीय शिक्षा दिईयो भने विद्यार्थीको कमि हुन्न भन्ने उदाहरण ति विद्यालय हुन् ।"

    images
    images
    images

    देवदहमा प्राविधिक शिक्षा तर्फ धेरै काम गर्न बाँकी रहेको बताउंदै प्रमुख खरेलले संस्थागत विद्यालयले त्यतातर्फ ध्यान दिनसके नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। 

    images
    images
    images

    फरक प्रसंगमा बोल्दै प्रमुख खरेलले देवदहको सार्वजनिक जग्गा दुरुपयोग भएको र अनधिकृत ढंगले व्यक्तिका नाम गएको भन्ने विषयमा सत्यता नरहेको बताए। "केही व्यक्तिहरूले समाजलाई नै विभाजित गर्ने गरि बर्षौं अघि सामाजिक काम गर्दा भएका केही कुरालाई मिडियामा ल्याउनु भएको छ"  प्रश्न  गर्दै उनले भने, के इतिहासलाई खोतलेर समाजिक काममा योगदान दिएका र निधन भैसकेका व्यक्तिलाई समेत विवादित विषयमा मुछेर समाज अगाडी जान्छ ? विकास हुन्छ ?

    सोहि कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरपालिकाले स्थानिय संचार माध्यम र पत्रकारको वृद्धि विकासको लागि ध्यान दिएको बताए।  

    देवदह नगर प्रवक्ता गणेश डुम्रेले एकीकृत संचार संस्था निर्माण गरेर त्यहाँबाट सबै मिडिया संचालन गर्न सकियो भने संचार माध्यमलाई चल्न र पत्रकारहरूको वृद्धि विकासमा समेत योगदान पुग्नसक्ने बताए। 

    कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दल, सामुदायिक वन तथा सहकारीकर्मी, शिक्षक तथा संचारकर्मीहरूले पत्रिकालाई शुभकामना संगै सुझाब दिएका थिए।

    कार्यक्रममा पत्रिकाका प्रकाशक तिलोचन दहालले पत्रिकाको इतिहास र यसको महत्वबारे प्रकाश पारेका थिए भने व्यवस्थापक भिम प्रसाद गुरुङले सहजीकरण गरेका थिए।

     


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।