Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

माओवादी केन्द्रीय समितिको बैठक आजदेखि, खाने बस्ने व्यवस्था आफ्नै, खाजा पानी पार्टीको

माओवादी केन्द्रीय समितिको बैठक आजदेखि, खाने बस्ने व्यवस्था आफ्नै, खाजा पानी पार्टीको

images
  • माओवादी केन्द्रीय समितिको बैठक आजदेखि, खाने बस्ने व्यवस्था आफ्नै, खाजा पानी पार्टीको
    images
    images

    काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु हुँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेपछि सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् ।

    images
    images
    images

    बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगगठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् । बैठकले सरकारको काम कारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन् ।

    images
    images
    images

    बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए । बैठक पाँच दिनसम्म चल्ने छ । बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

    images
    images
    images

     

    केन्द्रीय सदस्यहरूले बैठक अवधिभर खाने बस्ने व्यवस्था आफैँ मिलाउनु पर्ने भएको छ । खाजा, पानी र स्टेशनरीको व्यवस्था भने पार्टीले गर्नेछ । बैठक हलको भाडा, मञ्च व्यवस्थापन, केन्द्रीय सदस्यहरूलाई खाजा, पानी, स्टेशनरी, झण्डा, ब्यानर लगायत बैठक व्यवस्थापनका काममा करिब २० लाख खर्च हुने अनुमान माओवादी केन्द्रले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।