Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय स्वतन्त्र पार्टी

महिलाका लागि निःशुल्क ब्लु बस

महिलाका लागि निःशुल्क ब्लु बस

images
  • महिलाका लागि निःशुल्क ब्लु बस
    images
    images

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।

    images
    images
    images

    आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा लामिछानेले यो बस सेवा सुरु गरेका हुन् । निलो रंगका बसहरूले दिने सेवालाई ‘ब्लू बस सेवा’ भनिएको छ । लामिछानेले आज आफैँ यात्रा गरेर सो बस सेवाको उद्घाटन गरेका छन् । 

    images
    images
    images

    सार्वजनिक बसहरूलाई भाडामा लिएर यो सेवा सुरु गरिएको हो । यी बसहरू भरतपुर महानगरका विभिन्न रुटहरूम चल्नेछन् । यो सेवा प्रयोग गर्ने महिलाले सेवा कार्ड लिनुपर्ने छ ।

    images
    images
    images

    पहिलोपटक ५ सय महिलाले यो कार्ड लिएका छन् । बसमा कार्ड रिडिङ मेसिन जोडिएको छ । यो कार्ड रास्वपाले वितरण गरेको हो, जसमा लामिछानेको तस्वीर राखिएको छ । रास्वपाले भाडामा बसहरूले लिएर निःशुल्क सेवा दिएपछि सो भाडा कसरी भुक्तान गर्छ त्यो भने खुलाइएको छैन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।