Logo

२०८३, श्रावण ३१गते


images
images

लघुकथाःजनै

लघुकथाःजनै

images
  • लघुकथाःजनै
    images
    images

    अमरपुर गुल्मी हाल तिलोत्तमा-२,रुपन्देही
    "उफ् ! के साह्रो हो ?"
    "त्यही त⸴ बयालिस,त्रिचालीस डिग्री नै पुग्यो भन्छन्।"
    "बरु जाउँ पौडि खेल्न।आज विदाको दिनको सदुपयोग पनि हुन्छ।"
    सँगै पढ्ने साथीहरुलाई फोन गरेर सल्लाह मिलाए उनीहरुले।
    झ्वाम्म पौडि पोखरीमा हाम फाल्दै,निस्कदै शीतलता महसुस गरिरहेका थिए।आनन्दमा रमाइरहेका थिए।
    "ए केशव खै त तेरो जनै ? कि हरायो पोखरीमै ?",आश्चर्य मान्दै भुवनले सोध्यो।
    "ह्या मैले जनैसनै लाउँदिन।",बेवास्ता प्रकट गर्यो केशवले।
    "कस्तो नास्तिक रै'छ यार।घरमा केही भन्दैनन् ? मलाई त त्यस्तो देखे भने हजुरबाले घरमा पस्न पनि दिन्नन्।",रमेशले भन्यो।
    "हो त।", रमेशको भनाइमा सबैले सहमति जनाउँदै सहि थापे।
    "नास्तिक म हैन, तिमीहरु हौ।दारुपानी खाने, खैनी चुरोट पनि नछाड्ने।बफ मःम भनेपछि हुरुक्कै हुने अनि मलाई नास्तिक भन्ने ?",केशवले जवाफ फर्कायो।
    "कमसेकम हामीले संस्कृतिको त सम्मान गरेका छौँ।पारिवारिक संस्कार थामेका छौँ।खानपानमा जे जसो भएपनि जनै त कहीले पनि छोड्दैनौ।",टुप्पी हल्लाउँदै जोसियो मनिराम।
    "तिमीहरुले जनैको मर्यादा राख्दैनौ।बरु अपमान गरिरहेका छौ।खासमा जनैको सम्मान मैले गरेको छु।",केशवले आफ्नो कुरो माथि पार्ने कोशिस गर्यो।
    "हाहाहा……! कसरी नि पण्डितजी ?", उल्याउने शैलीमा एकै स्वर भए साथीहरु।
    "जनै पूर्णिमाको दिन शुद्ध,पवित्र भएर जनै लगाउँछु।बाँकी दिन शुद्ध आचरणमा नरहने हुनाले सम्मानपूर्वक जनै ग्रहण गर्दिन।",केशवले स्पष्टसँग आफ्नो तर्क राख्यो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथाःजनै
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।