Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी  स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

लुम्बिनी  स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर

images
  • लुम्बिनी  स्वतन्त्र सिलाई व्यवसायीद्वारा निःशुल्क आखा परीक्षण शिविर
    images
    images

    बुटवल ।  ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले शनिबार बुटवल – २ उजिरसिंहनगरमा  निःशुल्क आँखा परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images
    images

    बुटवल लायन्स  आँखा अस्पताल र उजिरसिंह माध्यमिक विद्यालय बुटवल– २ मैनाबगरको सहआयोजनामा भएको शिविरमा संस्थाले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुलाई निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण कार्यक्रम गरेको हो । shibir.jpeg

    images
    images
    images

    खासगरी आँखा पाक्ने सरुवा रोग बढ्दै गईरहेको अवस्थामा संघले आफ्ना व्यवसायी सदस्य तथा कालिगढहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शिविरको आयोजना गरिएको संघका अध्यक्ष कमल छिनालले बताए । 

    images
    images
    images

    बुटवल लायन्स आँखा अस्पतालका कार्यक्रम संयोजक मनोहर न्यौपानेको नेतृत्वमा खटिएको प्राविधिक टोलीले आँखा परीक्षण तथा औषधी वितरण  गरेको छ । उक्त शिविरमा ५ सय २५ जनाले निःशुल्क आँखा परीक्षणपश्चात औषधी प्राप्त गरेका छन् । संघले ५० वर्षभन्दा माथिका वृद्धहरुलाई निःशुल्क औषधी उपचारसहित चश्माको समेत व्यवस्था गरेको छ । 

    कार्यक्रममा  बुटवल उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै शाक्यले बुटवलमा लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीले व्यवसायीको हकहित र सामाजिक कार्यमा योगदान गरेकोमा प्रशंसा गर्दै संघको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

    त्यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथिका रुपमा रहेका संघका निवर्तमान अध्यक्ष एवं नेपाल टेलरिङ व्यवसायी महासंघका केन्द्रीय सहकोषाध्यक्ष प्रताप परियारले बोल्दै संघले कोभिडको समयमा आािर्थक तथा खाद्यान्न सहयोग देखि लिएर अन्य व्यवसायिक हितका लागि विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरेको बताए । 

    उनले सिलाई व्यवसायीहरु  पछिल्लो समय अत्यन्तै मर्कामा परेकोले व्यवसायीका अधिकारका लागि स्थानीय तह र वडाले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउँदै संघले पहिलो पटक आँखा परीक्षण कार्यक्रम राखेको बताए । त्यस्तैगरी शिविरमा सहभागी रुपा विकले संघले गरेको मानवीय सेवाको प्रशंसा गरिन् । 

    त्यस्तैगरी संघका अध्यक्ष कमल छिनालले बोल्दै संघ व्यवसायीक र सामाजिक कार्यमा अगाडि बढेको बताउँदै आँखा शिविरमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावलाई धन्यवाद व्यक्त गरेका थिए । 

    अस्थायी प्रहरी चौकी मैनाबगरका इन्चार्ज रामप्रसाद पराजुली, उजिरसिंह मा.वि. का लेखा प्रमुख कपिल अधिकारी, संघका उपाध्यक्ष मिना चौधरीलगायतको आतिथ्यता रहेको थियो । संघका अध्यक्ष कमल छिनालको अध्यक्षता, संस्थाका सल्लाहकार शम्भु राईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार कृष्ण रणपालले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।